प्रधानमन्त्री केपी ओलीले तयार पारेको फर्मूला हो यो । यो फर्मूला अनुसार हरेक सरकारमा मधेसवादी दलहरु स्वतः सहभागि हुनेछन्, उनीहरुले खाइलाग्दो मन्त्रालय पनि पाउनेछन् ।
यस्तो फर्मूला ओलीले कांग्रेस सभापति देउवादेखि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसम्मलाई प्रस्ताव गरेको उच्च स्रोतहरुको दावी छ ।
ओलीले यस्तो फर्मूला लगाए पनि राजनीति भने झनझन पेचिलो हुँदै गएको छ । पेचिलो बन्दै गएको राजनीतिमा प्रधानमन्त्री ओली बलियो बन्दै गएको कि कमजोर बन्दै गएको भन्ने आकंलन हुन थालेको छ ।
प्रधानमन्त्री ओलीको किचन कोटारीमा रहेकाहरु भन्छन्, ‘अब हामी कमजोर हुँदै गयौं ।’ उनीहरुका अनुसार, ओलीलाई कमजोर बनाउन र गलाउन देउवा र प्रचण्ड दुर्वजना सुनियोजित रुपमा लागिपरेका छन् ।
गिराउन नसकेपछि कमजोर बनाउने, गलाउने, थकाउने र अनेक गल्ती गर्न लगाउने रणनीति देउवा र प्रचण्डले बनाएको बालुवाटारको ठहर छ ।
ओलीलाई थर्काउने रणनीतिमा देउवा लागिपरेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउन शेरबहादुर अझैं तयार भएका छैनन्, प्रचण्ड र देउवाबीच बार्गेनिङ चलेको चल्यै छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...