यसरी ऋण लिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र मात्र बुझाए हुछ । पहिलो चरणमा हिमालय कलेज अफ इन्जिनियरिङमा आईटी र इन्जिनियरिङमा स्नातक तह अध्ययन गर्न चाहने विद्यार्थीलाई यस्तो सुविधा दिइने छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका अध्यक्ष विष्णुप्रसाद शर्मा र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडलबीच शैक्षिक कर्जा योजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर पढ्न पाउने सुनिश्चित भएको अाजको अन्नपूर्णमा समाचार छ ।
आर्थिक अभावले इन्जिनियरिङ पढ्न नसकेका ग्रामीण क्षेत्रका जेहेन्दार विद्यार्थीहरूले यो सुविधा लिन सक्ने कलेजका निर्देशक रामेश्वर अर्यालले बताए ।
विद्यार्थीलाई दिइने ऋणमा वार्षिक ५ देखि ८ प्रतिशत मात्र व्याज लाग्नेछ ।
विद्यार्थीले ऋणको व्याज भने अध्ययनका क्रममा नै तिर्नुपर्छ भने सावाँ भने रोजगारी गरेपछि पनि तिर्नेछन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...