-->
सरस्वतीले तोडिन् २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान

नेपालकी सरस्वती भट्टराईले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी छिन्। उनले रियो ओलम्पिकमा शनिवार बिहान ५ बजेर १५ मिनेटमा भएको १५ सय मिटर मध्यदुरीको दौडमा रराष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। 
 
१ हजार ४९ नम्बरको ‘बिफ’ मा देखिएकी सरस्वतीले पहिलो हिट्समा १३ औं स्थानमा रहँदै ४ मिनेट ३३ दशमल ९४ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भइन्। यसअघि राष्ट्रिय कीर्तिमान राजकुमारी पाण्डेको नाममा थियो।
 
राजकुमारीले सन् १९९० को एसियन गेम्समा ४ मिनेट ३४ दशमलव ४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
 
सरस्वतीको यसअघि १५ सय मिटरमा उत्कृष्ट समय ४ मिनेट ४० दशमलव १५ सेकेन्डको थियो। सरस्वती लेन नम्बर ७ मा विश्व कीर्तिमानधारी इथोपियाकी गेन्जेबा डिबाबासँग दौडिएकी थिइन्।
 
यो हिट्समा ४ मिनेट १० दशमलव ६१ सेकेन्डमा दौडिएकी डिबाबा पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गरिन्। यस्तै आयरल्यान्ड, अमेरिका, अस्ट्रेलिया, पोल्यान्ड, जर्मनीका धाविका दोस्रो चरणमा प्रवेश गरे।
 
सरस्वतीले अफ्रिकाकी साओ टोमे एन्ड प्रिन्सिपे देशकी क्लेमा बोन्फिम डे गार्सियालाई पछाडि छोडेकी हुन्। साओ टोमे देश सन् १९९६ को एट्लान्टा ओलम्पिकदेखि ओलम्पिकमा सहभागी हुँदै आइरहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.