-->
थप शान्तिसैनिक खटाउने निर्णयको विरोध


Image copyrightAFP

सुरक्षा परिषदले दक्षिण सुडानमा थप चार हजार शान्ति सैनिक खटाउने निर्णय अनुमोदन गरेपछि त्यहाँका राष्ट्रपतिले अब उनले संयुक्त राष्ट्रसंघलाई सहयोग नगर्ने बताएका छन्।

राष्ट्रपति साल्भा किर का एक प्रवक्ताले उनी दक्षिण सुडानलाई राष्ट्रसंघलाई कब्जा गर्न दिने छैनन्।

अफ्रिकाका नेताहरुले राजधानी जुबालाई सुरक्षित राख्न तथा गत महिनाबाट चर्किएको दुई पक्षीय भीडन्तबाट त्यहाँका राष्ट्रसंघीय अखाडाहरु जोगाउन थप शान्ति सैनिक चाहिने बताएका थिए।

सम्वाददाता टोमी ओलाडिपो भन्छन्, “अब प्रश्न के उठेको छ भने सरकारी समर्थन र सहयोग विना यी थप शान्तिसैनिक कसरी खटाइन सक्छन्? दक्षिण सुडानले सहयोग नपुर्याए हातहतियारमा प्रतिबन्ध लगाउने सुरक्षा परिषदले चेतावनी दिएको छ।”

हिंसा

राष्ट्रपति साल्भा किर तथा तत्कालीन उपराष्ट्रपति रियक मचारप्रति बफादार फौजबीच गत महिना हिंसा चर्किएको हो।

थप खटाइन लागेका खासगरी अफ्रिकी फौजलाई हाल दक्षिण सुडानमै रहेका करीब १२ हजार राष्ट्रसंघीय फौजभन्दा बढी कार्यादेश दिइनेछ।

Image copyrightAP

सुरक्षा परिषदले सहयोग नगरे हातहतियारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएपनि दक्षिण सुडानको सरकारले पछिल्लो निर्णयको विरोध गरेको छ।

जुलाई महिनामा त्यहाँका राष्ट्रपति साल्भा किर तथा तत्कालीन उपराष्ट्रपति रियक मचारप्रति बफादार फौजहरुबीच भीडन्त भएपश्चात सयौं मारिएका छन्।

यी घटना शान्ति सम्झौतामा हस्ताक्षर भएको एक वर्षमा भएका हुन्।

भीडन्त पश्चात ३५ हजार भन्दा धेरै गैरसैनिकले सुरक्षाको खोजीमा जुबास्थित राष्ट्रसंघको अखाडामा शरण लिने प्रयास गरेका थिए।

तिनलाई जोगाउन राष्ट्रसंघीय फौजलाई हम्मे हम्मे भएको थियो।

हालैका दिनमा एक लाखभन्दा धेरै दक्षिण सुडानका नागरिकहरुले देश छाडेर छिमेकमा शरण लिन पुगेको शरणार्थी सम्बन्धी राष्ट्रसंघीय निकायले जनाएको छ।

BBC Nepali 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.