-->
सीमा स्तम्भ गाड्दा नेपाली भूमि भारतमा

वीरगन्ज –
SSB india Nepal border2नेपाल भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेको छ । नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिठारीगुठी गाविसको आठ नेपालीको जग्गा भारततर्फ परेको हो ।

पिठारीगुठी ३ की लालीदेवीको दुई बिघा , लक्ष्मण हजारको एक बिघा १० कट्ठा , बलदेव महराको १४ कट्ठा, रकम रायभरको पाँच कट्ठा, धनराज महतो नुनियाको पाँच कट्ठा, चोकत राउत कुर्मीको एक कट्ठा, कमल नारायणको दुई बिघा र डेबाठाकुृर हजामको पाँच कट्ठा गरी ६ बिघाभन्दा बढी नेपाली भूमि भारतीय सीमा क्षेत्रमा परेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.