-स्वास्थ्य खबरपत्रिका
- केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ ।
- केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ ।
- दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।
- केरामा पाइने पेक्टिनले पाचनक्रियालाई सामान्य पार्छ र ठूलो आन्द्रामा हुने क्यान्सरको खतरा नष्ट पार्छ ।
- केराको गुदिमा बढी मात्रामा केरोटेनाइड्स पाइन्छ जसले क्यान्सर, मुटु र मधुमेहबाट बचाउँछ ।
- दिनको एउटा शुद्ध केरा खानाले मृगौला क्यान्सरमा कमी आउँछ ।
- केरामा भिटामिन बी ६ पाइन्छ जसले शरिरमा ग्लूकोजको मात्रा सन्तुलन गराउँछ, तनाव नियन्त्रण गर्न सहयोग गर्छ ।
- केरामा उच्च मात्रामा आइरन तत्व पाइन्छ । जसले रगतमा हेमोग्लोबिनको उत्पादन बढाउँछ र रक्तअल्पताबाट बचाउछ ।
- केरामा पाइने पोटासियमले सक्रिय बनाउन मद्धत गर्छ ।
- दिनमा २ वटा कोसा केरा खानाले शरीरमा आवश्यक सबै प्रकारका भिटामिनहरुको आवश्यकता पुरा हुन्छ ।
- डिप्रेसनको समस्या भएकाहरुले केरा खानु लाभदायक हुन्छ ।
- केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ ।
- दही र केरा खानाले पखाला रोक्न मद्धत गर्छ ।
- केराले अल्सर हुनबाट बचाउँछ ।
- केराले हाड बलियो बनाउँछ ।
- पेटको अम्लीयपन नष्ट गर्छ ।
- केरामा उच्च मात्रामा फाइबर पाइन्छ । जसले पाचन प्रणालीलाई स्वस्थ बनाउछ र कब्जियतबाट बचाउँछ ।
- केरामा पाइने भिटामिन बी ले स्नायु प्रणाली स्वस्थ बनाउँछ ।
- केराले स्मरणशक्ति बढाउँछ ।
- केराले शरिरको तापक्रम नियन्त्रण गर्न मद्धत गर्छ ।
मुटुका रोगहरु ( अत्यन्त महत्वपूर्ण जानकारी )
सम्पूण् मुटुका रोगहरुको ७५ प्रतिशत हृदयाघातसँग सम्बन्धित मुटुरोगको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैली हो भन्ने कुरा प्रमाणित भइसकेको छ
हिजोआज धेरै व्यक्तिहरुमा मुटुसँग सम्बन्धित समस्या देखिन्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, कोलेस्टेरोल, युरिक एसिड आदिको समस्या निकै बढेको देखिन्छ । मुटुका धेरैजसो रोगहरु जीवनशैलीसँग सम्बन्धित छन् । आजकल जीवनशैली व्यवस्थित छैन । अव्यवस्थित जीवनशैलीको नतिजा हो मुटुको रोग । आधुनिक सभ्यता, व्यस्त जीवन, महत्वकांक्षा, भोजभतेर, कम्प्युटर, टेलिभिजन, अत्यधिक मानसिक तनाव, व्यायामको कमी, पैसा कमाउने दौड यी नै हुन् संक्षिप्तमा मुटु रोग बढ्नुका प्रमुख कारणहरु ।
यसकारण जीनवशैलीलाई व्यवस्थित गर्न सकेको अवस्थामा धेरै हदसम्म मुटु रोग रोक्न सकिन्छ । मुटुरोग नियन्त्रणका लागि जीवनशैली व्यवस्थित गर्नेतर्फलाग्न जरुरी छ ।
सुत्ने, उठ्ने, खाने, पिउने, बानीव्यवहार, सोचाई, दिनचर्या आदि सबै जीवनशैलीभित्र पर्दछन् । सम्झन सजिलो होस् भनी जीवनशैलीलाई आहार, विहार र विचार गरी तीनवटा पक्षमा विभाजित गरेर हेन सकिन्छ । मानिसको आहार, विहार र विचारको स्वरुप नै जीवन शैली हो । यो कस्तो हुनुपर्दछ भन्नेबारे तल वर्ण्र्ाागरिएको छ ।
आहार (भोजन) कस्तो हुनुपर्दछ –
१. घ्यू-तेल तथा अन्य चिल्लोको मात्रा जतिसक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल नै सबैभन्दा उत्तम हुन्छ ।
२. नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ ।
३. बिहान-बेलुकीको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी हुन्छ । दैनिक कम्तिमा एकपटक फलफूल खानुपर्छ ।
४. बेलुकीको खानामा २-३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८.०० बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैको लागि एकैनास हुँदैन । धेरै शारीरिक श्रम गर्नेले धेरै खानुपर्छ, थोरै गर्नेले थोरै खाने गर्नुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि तुरुन्त सुत्नुहुँदैन, कम्तीमा दुइ घण्टापछि मात्र सुत्नुपर्छ ।
५.शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रुपमा माछा, मासु खाएमा हानी छैन । खसी, राँगो, बँगुरले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुरा पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानी गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछामासु नखानु नै उत्तम हुन्छ ।
६. उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइवरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपातहरु हुन् । गेडागुडीलाई अंकुरित रुपमा खानु अझ बढी फाइदाजनक हुन्छ ।
७. खाना थोरै थोरै तर धेरैपल्ट खानु उचित हुन्छ । दुइ छाक खाने तर पेट कसेर खाने, खाने बित्तिकै सुत्ने, यो मुटुका लागि अत्यन्तै खतरनाक हो । आहार व्यवस्थापन भन्नाले यस्तो बानी त्यागी थोरै खाने, धेरै पल्ट खाने र उचित खाना खाने बानी बसाल्नु हो ।
८. मुटु रोग लागिसकेकाहरुले चिकित्सकको सिफारिस अनुसार रोग अनुसारको आहार लिनुपर्छ ।
९. मोटो मानिसले तौल घटाउनुपर्छ र यसका लागि कम क्यालोरीयुक्त आहार लिनुपर्छ ।
विहार (व्यवहार) कस्तो हुनुपदर्छ –
१. व्यवस्थित सुत्ने र उठ्ने बानी एकदम महत्वपूण् छ । राती १० देखि ११ बजेभित्र सुत्नुपर्छ । शरीरलाई दैनिक ५ देखि ७ घण्टासम्मको गहिरो न्रि्रा अत्यावश्यक छ । न्रि्रा लाग्दैन भने औषधी आएर भए पनि निदाउनुपर्छ । न्रि्रा नपरेमा मुटका रोगहरु बढ्दै जान्छन् । न्रि्रा कम पर्ने मानिस बढी मोटाउँछन् अनि बढी मोटो मानिस मुटुरोगी हुन्छन् । न्रि्रा कम हुँदा दिमागमा बोझ बढ्छ, रक्तचाप, ब्लडसुगर बढ्छ, हृदयाघात हुन्छ । यी प्रमाणित तथ्य हुन् ।
२. बिहान ५ देखि ६ बजेभित्र उठ्नुपर्छ । ढिलासम्म सुत्नुहुँदेन । बिहान जति सबेरै उठ्यो मन त्यति नै बढि स्वच्छ र शरीर चंगा हुन्छ ।
३. बिहान उठेर नित्यकर्म सकेपछि व्यायाम गर्नु अनिवार्य छ । उठेपछि नियमित एक घण्टा व्यायाम गर्ने बानी बसाल्नु अति आवश्यक छ । यसलाई सुत्ने, उठ्ने, खाने, पिउनेजस्तै नियमित नित्यकर्म नै बनाउनुपर्दछ । योगासन, प्राणायाम र ध्यान सबैभन्दा उत्तम शारीरिक र मानसिक व्यायाम पद्धति हुन् । दैनिक बिहान एक घण्टा योग गर्नु मुटुरोग नियन्त्रण तर्फो प्रभावकारी कदम हो । यसबाहेक अन्य व्यायाम पद्धति पनि अनुशरण गर्न सकिन्छ ।
४. व्यायाम सकेपछि ३० मिनेट त्यस दिन गर्नुपर्ने कार्यको योजना बनाउनुपर्छ । यसो गर्ने बानी बसालेमा कार्यहरु व्यवस्थित रुपमा हडबड नगरिकन र प्रभावकारी तवरले गर्न सकिन्छ ।
५. चुरोट, सुर्ती र रक्सी पिउने बानी मुटुका लागि हानिकारक छ । यो बानी त्याग्नुपर्छ ।
६. आफ्नो क्षमताभन्दा बढी कार्यबोझ लिनुहुँदैन । नसक्ने भएपछि सक्दिन भन्न डराउनुहुँदैन । अत्यधिक कार्यबोझबाट नै उच्च रक्तचाप, हृदयाघातजस्ता रोगहरु उत्पन्न हुन्छन् । बाँच्ने आफ्नो लागि हो अरुका लागि होइन भन्ने मानसिकता बनाउनुपर्छ । हप्ताको एक दिन विश्राम आवश्यक छ । यो दिन परिवारका सदस्यहरुसँग बिताउनुपर्छ ।
७. आजको दिन, आजको काम, आजको व्यवहारलाई नै महत्व दिएर हेर्नुपर्छ, बितेको कुरा र भोलि हुने कुराहरुलाई लिएर आजको काममा बाधा उत्पन्न हुने परिस्थिति बनाउनु हँदैन ।
८. सानालाई माया र ठूलालाई आदर गर्ने बानी बसाल्नुपर्छ ।
९. किताब पढ्ने बानी बसाल्नुपर्छ । किताबाट ज्ञान-बुद्धि मात्र होइन, सुख-सन्तुष्टि पनि प्राप्त हुन सक्छ । नियमिन रुपमा कुनै न कुनै किताब पढ्ने बानी भएका व्यक्तिहरुको जीवन बढी व्यवस्थित हुन्छ । फूर्सद हुँदा, कसैलाई कुदा किताब पल्टाइहाल्नुपर्छ । आफूलाई मनपर्ने र विश्वप्रसिद्ध पुस्तकह पढ्ने गर्नुपर्छ ।
१०. वर्षो एकपल्ट परिवारका सदस्यहरुका साथ कुनै नयाँ ठाउँमा घुम्न जाने बानी बसाल्नुपर्छ । सिनेमा हेर्ने, संगीत सुन्ने आदि पनि जीवनशैलीका आवश्यक पक्ष हुन् । संगीत बिनाको जीवन निरस हुन्छ । निरोगी रहन गीत-संगित नियमिन सुन्ने गर्नुपर्छ ।
११. आफ्नो लागि गरिने कुनै पनि क्रियाकलापले अरुलाई हानी नोक्सानी पुर्याएको भए त्यो रोक्नुपर्छ ।
विचार (सोचाई) कस्तो हुनुपर्दछ –
१. मानसिक तनाव उत्पन्न हुने कारणहरु धन-सम्पत्ति, अन्तरव्यक्ति सम्बन्ध, कार्यबोझ, लेनदेन, महत्वाकांक्षा, नामको भोक आदि मुख्य हुन् । यी पक्षहरुको वैचारिक व्यवस्थापन महत्वपूण् मुद्दा हो । विचारमा सकारात्मक चिन्तन प्रवल रहनुपर्छ । उज्यालो पक्ष, राम्रो पक्षलाई नै समाएर हिँड्न सिक्नुपर्छ । सुख, सन्तुष्टि भन्ने कुरा विचार र मनबाट आउने मनोगत कुरारु हुन् धन-सम्पत्ति र वस्तुबाट सुख प्राप्त हुँदैन ।
२. धन कमाउनुपर्छ तर थुपारेर राख्नुहँदैन । धन कमाउनेले त्यसको उपभोग गर्नुपर्छ । धन उद्योगमा लगाएर अरुका लागि रोजगारी प्रदान गर्नुपर्छ । प्रयोग नगरी थुपारेर राखेको धनले तनाव उत्पन्न गराउँछ ।
३. कुनै पनि समस्या छ भने त्यसको स्थायी समाधानतर्फलाग्नुपर्छ । समस्या जति लामो समयसम्म रहिरहन्छ त्यनि नै मनलाई पिरोलिरहन्छ ।
४. शत्रुता राख्नुहुँदैन । चित्त नबुझेको कुरा मनमा राख्नुहुँदैन । बाहिर ठाउँमा भन्नुपर्छ । यसबाट मनमा शान्त हुन्छ ।
५. महत्वाकांक्ष र नामको भोकले मानसिक तनाव जन्माउँछ । यसको पछाडि लाग्नुहँदैन ।
६. जीवनका विविध पक्षहरुलाई सरल र सहज रुपले ग्रहण गर्न सिक्नुपर्छ । सबै विचारकै कुरा हो । जस्तो सोच्यो त्यस्तै हुन्छ । पानी पर्दा रमाउन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । घरमा पाहुना आउँदा सुखी हुन पनि सकिन्छ, दुःखी हुन पनि सकिन्छ । यसैगरी घरमा चोरी हुँदा चिन्ताले मर्न पनि सकिन्छ, फेरि परिश्रम गरेर अझ बढी कमाउँला भनी चित्त बुझाउन पनि सकिन्छ ।
७. गल्ती र हार भन्ने हुँदैहुँदैन । यी सबै जीवनका पाठहरु हुन् भन्ने सोच्नुपर्छ ।
८. विचारलाई व्यवस्थित गर्न योग अभ्यास विशेषगरी प्राणायाम र ध्यान अत्यन्त प्रभावकारी हुन्छन् ।
हाई ब्लड प्रेसरमा के खाने, के नखाने ?
हाई बीपी हृदय रोगको इशारा हुन सक्छ । डायटमा सैचुरेटिड फैट जस्तो कि मक्खन, घ्यू, तर आदि कम गर्नुस् । किनकी यसले मुटुको नली बन्द हुने खतरा बढ्छ । जति सकिन्छ, लो फैट डायट लिनुस् ।
- कैल्शियम, मैग्नीशियम र पोटैशियम आदि प्रचुर मात्रामा खानुस् । यो तत्व दूध, हरियो साग, सब्जीहरू, दाल, सुन्तला, स्ट्राबेरी, बदाम, केरा र सीताफल आदिमा खूब पाईन्छ ।
- सूप, सलाद, अमिलो फलफूल, कागती पानी, नरिवल पानी, चना, भटमास आदि खानु फाईदाजनक छ ।
- गाजर, बन्दागोभी, ब्रोकाउली, पालुङ्गो, कटहर, टमाटर, लहसुन, प्याज, हरियो सागपात र मौसमी फल खूब खानुस् ।
- पानी खूब पिउनुस् । दिन भरमा करीब १० गिलास पानी पिउनुस् ।
- ओमेगा थ्री वाला चिज, जस्तो कि ओखर, बदाम, माछाको तेल, आदि खानुस् । दैनिक पाँच/सात दाना बदाम र ३/४ वटा ओखर अवश्य खानुस् ।
- बीपीका लागि आजभोलि म्ब्क्ज् डायट यानी डायट्री अप्रोचिस टु स्टप हाइपरटेन्शन खूब चलनमा छ । यसमा के नखाने भन्दा पनि ज्यादा जोड यस कुरामा हुन्छ कि के खाने । यसलाई अमेरिकन हार्ट एसोसिएशनको साथ–साथै इण्डियन नेशनल क्यान्सर ईन्स्टिच्यूटले पनि रेकेमेण्ड गरेको छ । यसमा दिन भरमा एक किलोसम्म फल–तरकारी र कार्बोहाईड्रेट र लो फैट मिल्क प्रोडक्ट्समा खूब जोड दिइएको छ ।
के नखाने ?
- नुन कम खानुस् । दिनमा करीब आधा चम्चा नुन काफी हुन्छ। टेबल साल्ट यूज नगर्नुस् । दिनभरमा करीब आधा चम्चा नुन खानुस् । यो हामीलाई खानबाट सजिलै प्राप्त हुन्छ । त्यसो त अन्न, फल, सागसब्जीहरू आदिबाट पनि हामी नेचरल तरिकाले नुन प्राप्त गर्दछौं। हप्तामा एक पटक बिना नुनको खाना खाने आदत बसाउनुस् ।
- सस, अचार, चटनी, अजीनोमोटो, बेकिंग पाउडर आदिबाट टाढै रहनुस् । पापड पनि बिना नुन वाला खानुस् ।
– पैक्ड या फ्रोजन आइटम नखानुस् । यसमा प्रिजरभेटिभ हुनुको साथै नुन पनि ज्यादा हुन्छ । यसैगरी बेकरी आइटम्समा सैचुरेटिड फैट ज्यादा हुन्छ । चिप्स, बिस्कुट, भुजिया, कुकीज, फर्कोजन मटर, केक, पेस्ट्री आदिबाट बच्नुस् ।
- खानामा माथिबाट नुन नछर्किनुस् । सलाद, आदिमा पनि नुन नहाल्नुस् ।
- नियमित रुपबाट नान भेज खाएर हेभी नान भेज (रेड मीट आदि) खानबाट बीपीको आशंका बढ्छ ।
नोट: बीपी कन्ट्रोल गर्नमा डायटको रोल ५० प्रतिशत रहन्छ । स्ट्रेस मैनेजमेन्ट र एक्सरसाइजबाट बाँकी फाईदा प्राप्त हुन्छ । योगासन, प्राणायाम र मेडिटेशन गर्नुस् । भ्रामरी प्राणायाम खासमा फाईदाजनक रहन्छ ।
मनलाई स्वस्थ राख्ने उपाए
- टेन्शन या स्ट्रेस कमभन्दा कममा रहनुस् ।
- दैनिक स्नान गर्नुस् ।
- प्रतिदिन व्यायाम गर्नुस् ।
- खूब पानी पिउनुस् ।
- रसदार फल जस्तै – सुन्तला, स्याउ, आप, केरा इत्यादि रोज खानुस् ।
- सफा, शुद्ध र पौष्टिक आहार खानुस् । जंक फूड जस्तै कि बर्गर, पिजा आदि कम खानुस् ।
- यदि टेन्शन हदभन्दा ज्यादा हुदैछ भने कुनै मनोवैज्ञानिकसंग सल्लाह लिनुस् । यी साधारण कुरालाई ध्यानमा राख्नु भयो भने तपाई सुखी र स्वस्थ जीवन जीउन सक्नु हुन्छ ।

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेका बेला ज्योतिषले भने अपत्यारिलो भविष्यवाणी गरेका छन् ।
महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, गगनका ससुरा अर्जुननरसिंह केसी र विपीपुत्र शशांक कोइरालाले उम्मेदवारी दिएका छन् । धेरैले गगन थापाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
ज्योतिष सुनील सिटौला
तर, यही समयमा ज्योतिषको फरक धारणा सार्वजनिक भएको हो । ज्योतिष शास्त्र हेर्दा अहिलेसम्म महामन्त्रीमा गगन थापा जित्ने देखिदैन् । ज्योतिषले शनिबार हेरेको शास्त्रमा थापाको जित्ने योग नदिएको हो । यद्यपी उक्त योग आइतबार साँझपछि बदलिनसक्ने देखिएको छ ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले थापाको जित्ने योग नदिएको बताए । उनले भने- ‘थापाको जित्ने योग हाम्रो शास्त्रमा देखिएको छैन् । हामीले जे देख्यौ त्यही भन्ने हो ।’
उनका अनुसार ज्योतिष शास्त्रमा विपी पुत्र डा शशांक कोइराला महामन्त्रीमा जित्ने सम्भावना देखिएको छ । ज्योतिष सिटौलाले भने- ‘प्रश्न ज्योतिषलाई आधार बनाएर आजको रुलिङ प्लानेट हेर्दा त महामन्त्रीमा डा. कोइरालाको पो चान्स देखाउँछ त ।’ ज्योतिष सिटौलाले शनिबार दिउँसो ३ बजेर ५८ मिनेटमा ज्योतिष शास्त्रको रुलिङ प्लानेट हेरेका थिए ।
ज्योतिष सिटौलाले यसअघि गरेका भविष्यवाणी समयअनुसार मेल खाँदै आएका छन् ।
dainiknepal



