८३ वर्षका एन्टोनियो बेर्टोलियोनीको जीवन–कहानी दन्त्य कथाका पात्रको भन्दा फरक छैन् । उनी कुनै समय माछा मार्ने काम गर्दथे । अहिले टाभोलाराको एउटै मात्र रेस्टुरेण्ट चलाउँछन् । रोचक कुरा, चप्पल र सर्ट लगाएकै भरमा उलने पछिल्ला २२ वर्ष टाभोलारामा शासन गरेका छन् । उनी कुनै समाजवादी राजनीतिज्ञ होइनन, ५ स्क्वायर किलोमिटरमा फैलिएको यस राज्यका राजा हुन् ।
बेर्टोलियोनी टोनिनो नामले यस राज्यमा चिनिन्छन् । ‘ म सायद विश्वकै फरक राजा हुँ ।’– रेष्टुरेण्ट नजिकै बालुवामा खुट्टा राखेर टोनिनो भन्छन् । उनी माछा मार्न खप्पिस छन् । भन्छन् –‘ मलाई सित्तैको खाना मनपर्छ ।’
टाभोलारा अधिराज्यले आफ्नो स्थापनाको १ सय ८० औँ वार्षिक दिवस मनाउँदैछ । आफ्नै नेतृत्वमा नयाँ देश गठन गर्नु र त्यसको राजा हुनु धेरैका लागि सपना हुनसक्छ । तर यस्तै सपनालाई टाभोलाराका बराजु जीसेप्पी बर्टीलियोनीले १८०७ मा विपनामा परिणत गरेका थिए । उनी यस टापूका पहिलो राजा हुन् । टाभोलारा द आइल्याण्ड अफ किङस् पुस्तकमा उनलाई हाफ सेफर्ड र अफ पिरेट भनेर वर्णन गरिएको छ । आप्रवासी जीसेप्पीले दुई दिदीबहिनीलाई नै बिहे गरेका थिए । उनी ति दुई दिदीबहिनलाई भगाएर लैजानका लागि गोप्य, तर स्वर्गझैँ देखिने ठाउँको खोजीमा भौतारिए । टेभोलारा उनका लागि उपयुक्त गन्तव्य थियो किनकी यहाँ दुलर्भ भेडा पाइन्थे । सुनौलो रंगको दाँत भएका यि बाख्राहरुलाई खाएर जीवन गुजारा गर्ने उद्धेश्यका साथ जीसेप्पीले यहाँ भेडागोठालोको काम थाले ।
सुनौलो रंगको दाँत भएका भेडाका विषयमा थाहा पाएपछि सार्डिनियाका तत्कालिन शासक कार्लो अल्र्बटो टेभोलारा घुम्न आतूर भए । शिकारका लागि १८३६ मा उनलाई जीसेप्पीका २४ वर्षका छोरा पाओलोले ल्याएका थिए । टाभोलारा पुग्नासाथ कार्लो अल्वर्टोले भने –‘ म कार्लो अल्वर्टो सार्डिनियाको राजा ।’ इतिहास प्रस्ट पार्दै टोनिनो भन्छन्–‘मेरा बराजुले पनि भनेछन् । म पाओलो टाभोलाराको राजा ।’
यतिबेलासम्म अल्र्बटोलाई टाभोलारा आफ्नो देश सार्डिनियाकै भाग हो भन्ने भ्रम थियो । थुप्रै भेडाहरु मारेर तीन दिनसम्म पाओलोले अल्र्बटोलाई अतिथी सत्कार गरे । फर्कने बेला प्रसन्न भएका अल्र्बटोले भनेका थिए–‘ पाओलो तिमी साँच्चै टाभोलाराका राजा हौ ।’ उनले जोक गरेका थिए या सही भने त्यसको विषयमा केही थाहा छैन् । तर सार्डिनिया फर्किएपछि अल्र्बटोले के बुझेभन्दा कहिल्यै टाभोलारा उनको राज्यको हिस्सा थिएन । त्यसपछि उनले आफ्नो दरबारबाटै प्रमाणपत्र पठाएर टोभोलारालाई स्वतन्त्र देश र पाओलोलाई राजाको हैसियत दिए ।
पाओलोले त्यसपछि राजतन्त्रको प्रतिक बनाए । त्यसलाई आफ्नो घरको भित्तामा तस्विर बनाएर टाँसे । उनले आफू र आफ्ना उत्तराधिकारीलाई जलाउन छुट्टै चिहानको व्यवस्था गरे । उनले शाही चिन्ह भएको रुख बनाए । उनको मृत्युपछि उनले राजकिय सम्मान पाए ।
त्यसपछि मेडिटेरानियन समून्द्र पछाडी रहेको यस आइल्याण्डले अहिलेसम्म आफ्नो सार्वभौमसत्ता जोगाइराख्न निकै संघर्ष गर्नुपरेको छ । सार्डिनियाका राजा जीसेप्पी गारीबाल्डिसँग मिलेर यस टापूले आफ्नो अस्तित्व जोगाउन खोज्यो । गारीबाल्डि शाही बेर्टोलियोनी परिवारका एक विश्वासिला सल्लाहकार समेत रहे । त्यसपछि भिट्टोरियो इम्यानूयल दोस्रोले १९०३ मा केवल ३३ परिवारको बसोबास रहेको यस टापूका राजासँग लिखित रुपमा शान्ति सम्झौता गरे ।
एकपटक बेलायती महारानी भिक्टोरिया विश्वभरका नेताहरुको तस्विर संकलन गर्ने काममा लागेकी थिइन् । यस टापूमा आइपुगेपछि उनले ब्रिटिस जलसेनालाई जहाज रोक्न भनिन् किनकी उनलाई टाभोलाराको दरबार र शाही परिवारको तस्विर लिनुथियो । वर्षौसम्म उनले लिएको तस्विर सुनौलो फ्रेममा बेलायतको बुकिङह्याम प्यालेसमा झुन्ड्याइयो । क्याप्सनमा लेखिएको थियो–‘विश्वकै सानो अधिराज्य ।’
अहिले त्यही तस्विरलाई धुलाएर टोनिनोले आफ्नो रेस्टुरेण्टमा झुण्ड्याएका छन् । यस तस्विरसँगै राजा पाओलो प्रथमको शाही निशानीलाई सजाएर राखिएको छ ।
स्थापनाको १ सय २६ वर्षपछि १९६२ मा नाटोले यस क्षेत्रमा आफ्नो स्टेशन खडा ग¥यो । राज्यको स्वतन्त्रता गुम्यो । राज्यको एक चौथाई जनसंख्यामात्रै यहाँ बस्न थाल्यो , बाँकीले बसाई सरे । सान मारिनोजस्तै टाभोलेरा पनि कहिल्यै औपचारिक रुपमा इटलिमा गाभिएन, टोनिनो यस राज्यका पाँचौ राजा हुन् । तर अहिले विश्व समूदायले यो राज्यलाई औपचारिकता दिदैँन ।
अहिले टोनिनो माछा मारेर बस्छन् । उनी फूर्सदको समय आफ्नो बंगला तथा बगैँचामा बिताउँछन् । बाँकी समय यहाँ रहेका ११ घर–परिवारसँगै १ सय भेडा तथा अन्य केही प्रजातीका जीवजन्तुको संरक्षणमा लाग्छन् । पछिल्लो ४० वर्षदेखी टोनिनाले यहाँ घुम्न आउनेहरुलाई आफ्नो दरबारमा लैजाने गरेका छन् । साओपावलो बन्दरगाहमा टोनिनोले नै सञ्चालन गरेको डुङगाबाट केवल २५ मिनेटमा यो दरबार पुग्न सकिन्छ । ‘मेरो परिवारको विरासत राम्रो हुनसक्छ । तर हामी मेहिनत गर्छौ र सामान्य जीवन जिउँछौ । सर्वसाधारणजस्तै ।’– सानो स्वरमा टोनिनो भन्छन् ।
यो राज्य चलाउनु भनेको परिवार चलाउनुजस्तै छ किनकी राज्यमा निकै थोरै मानिस छन् । उनका भतिज निकोला र राजकुमार जीसेप्पी तथा राजकुमारी लोरेडानाले यहाँ बीचसाईड रेस्टुरेण्ट चलाएका छन् । जीसेप्पीका भतिज एन्टोनियो बिहानै उठ्छने र माछा मार्न जान्छन् । पर्यटनबाट अहिले यो अधिराज्यले आफ्नो जिडिपी बढाएको छ ।
अहिले टाभोलारालाई इटलियन जलसेनाले हेर्छ । यसै कारण इटलिनहरुका लागि यो एउटा राम्रो पर्यटकिय गन्तव्य बनेको छ । टोनिनो अतिथीहरुलाई सत्कार गर्नमा रमाइलो मान्छन् । उनका पुर्खाहरुले गर्दै आएको पुजापाठलाई उनले निरन्तरता दिएका छन् । उनी सूर्यको आराधना गर्छन् । टोनिनोकी श्रीमती रानी पोम्पियाको केही वर्षअघि नै निधन भइसकेको छ । ‘ म उनलाई प्लास्टिकको फूल उपहार दिन्थे । यदी साँच्चिकै फूल उपहार दिएमा भेडाले खाएर सक्ने थिएँ ।’– टोनिनो भन्छन् । टोनिनो राजा भएपनि उनीसँग इटालियन नागरिकता छ । उनले एकपटक भिट्टोरियो इम्यानूयल चौथो अर्थात इटलिका अन्तिम राजाका छोरासँग टाभोलाराको राज्यलाई वैधानिकता दिन अपिल गरेका थिए । तर त्यसपछि उनले मन परिवर्तन गरिसकेका छन् । ‘मेरा लागि यहाँ बस्न पाउनु नै ठूलो हो । जब तपाईले दरबार नै पाउनु भएको छ भने तपाईलाई श्रीपेच किन चाहियो ?’– टाभोलाराको सुन्दरताको वर्णन गर्दै टोनिनो भन्छन् ।
– बिबिसी
सोल, २५ फागुन । दक्षिण कोरियाली गुप्तचर निकायले उत्तरले आफ्ना महत्वपूर्ण सरकारी अधिकारीहरुको फोन ह्याक गरिदिएको बताएका छन् ।
दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीका मोबाइल फोनहरु उत्तर कोरियाले ह्याक गरिदिएको उनीहरुको भनाई छ ।
उत्तर कोरियाले पछिल्लो समयमा गरेको आणविक परीक्षणपछि उसले दक्षिण कोरियामाथि निरन्तर रुपमा साइबर हमला गर्दै आएको पनि बताएको छ ।
दक्षिण कोरियाको गुप्तचर निकाय नेशनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले उत्तर कोरियाले दक्षिण कोरियाका महत्वपूर्ण सरकारी अधिकारीको फोन नम्बर चोरेर लगेको र यसबाटै उनीहरुले नियन्त्रण गरी फोन बिगारिदिएको जनाएको छ ।
फेब्रुअरी महिनाको अन्त्यतिरबाट मार्चको सुरुको अवधिमा उत्तर कोरियाली गुप्तचरहरुले दक्षिण कोरियाका केही उच्च पदस्थ सरकारी कर्मचारीको फोन नम्बर चोरेर लगेको र त्यसपछि उतैबाट मोबाइल फोन ह्याक गरिदिएको जानकारी दिइएको हो ।
यसका साथै इन्टरनेटको सर्भर चोरेर त्यसमार्फत गुप्तचर सूचनाहरु पनि प्राप्त गरेको दक्षिण कोरियाको आरोप छ ।
यसअघि पनि उसले पटक पटक उत्तर कोरियाले साइबर हमला गर्ने गरेको र यस पटक आफ्ना महत्वपूर्ण र उच्च पदस्थ सरकारी कर्मचारीको मोबाइल फोन नै ह्याक गरिदिएको बताएको छ ।
दक्षिणको उक्त गुप्तचर निकायले उत्तरले बिगत लामो समयदेखि दक्षिण कोरियाको सूचना प्रविधिमा हमला गर्ने गरेको आरोप लगाएको छ ।
गएको ६ फेब्रुअरीमा उत्तर कोरियाले लामो दूरीको रकेट परीक्षण गरेपछि सुरु भएको विवाद हाल विश्वव्यापी बनेको छ ।
यसका कारण दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिका एक भएका छन् र उनीहरुले उत्तर कोरिया विरुद्धको नाकाबन्दीका लागि संयुक्त राष्ट्रसंघलाई सघाएका थिए । रासस/एएफपी

काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीका लागि त्रिपक्षीय प्रतिस्पर्धा भइरहेका बेला ज्योतिषले भने अपत्यारिलो भविष्यवाणी गरेका छन् ।
महामन्त्रीका लागि चर्चित युवा नेता गगन थापा, गगनका ससुरा अर्जुननरसिंह केसी र विपीपुत्र शशांक कोइरालाले उम्मेदवारी दिएका छन् । धेरैले गगन थापाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
ज्योतिष सुनील सिटौला
तर, यही समयमा ज्योतिषको फरक धारणा सार्वजनिक भएको हो । ज्योतिष शास्त्र हेर्दा अहिलेसम्म महामन्त्रीमा गगन थापा जित्ने देखिदैन् । ज्योतिषले शनिबार हेरेको शास्त्रमा थापाको जित्ने योग नदिएको हो । यद्यपी उक्त योग आइतबार साँझपछि बदलिनसक्ने देखिएको छ ।
चर्चित युवा ज्योतिष सुनील सिटौलाले थापाको जित्ने योग नदिएको बताए । उनले भने- ‘थापाको जित्ने योग हाम्रो शास्त्रमा देखिएको छैन् । हामीले जे देख्यौ त्यही भन्ने हो ।’
उनका अनुसार ज्योतिष शास्त्रमा विपी पुत्र डा शशांक कोइराला महामन्त्रीमा जित्ने सम्भावना देखिएको छ । ज्योतिष सिटौलाले भने- ‘प्रश्न ज्योतिषलाई आधार बनाएर आजको रुलिङ प्लानेट हेर्दा त महामन्त्रीमा डा. कोइरालाको पो चान्स देखाउँछ त ।’ ज्योतिष सिटौलाले शनिबार दिउँसो ३ बजेर ५८ मिनेटमा ज्योतिष शास्त्रको रुलिङ प्लानेट हेरेका थिए ।
ज्योतिष सिटौलाले यसअघि गरेका भविष्यवाणी समयअनुसार मेल खाँदै आएका छन् ।
dainiknepal
