गजल ( राम चन्द्र लुइटेल )
राजधानी हिडेको मान्छे कतार पुगेपछि !
आँसु झर्यो आँखा बाट काठमाडौ छुटेपछि !!
बिरानो यो परदेशमा दु:खै दु:ख पाएं !
आमा सम्झी रोएं जब मन मुटु दुखेपछि !!
रिनै रिनको भारी बोकि परदेशिए बाबा !
समाजको सामु हजुरको शिर झुकेपछि !!
सपना थियो ब्याच्लर पढी स्वदेशमै के गर्ने !
१२ पुग्दा क्याम्पस छोडे जिन्दगी बुझैपछी !!
Ram Chandra Luitel
0 comments
प्रतिक्रिया दिनुहोस्...