-->
धुरू धुरू रून्छ प्रदेसिको मन नेताको चाल देख्दा



धुरु धुरु रुन्छ प्रदेसिको मन नेताको चाल देख्दा ||
भोगोलिक बिभिधताको धनी देशको हाल देख्दा ||

दुख्छ मुटु पोल्छ छाति भकानो नै फुटेर आउँछ ||
भुकम्प पिडितहरुको अगाडि खालि थाल देख्दा ||

कराउँदै होलान भोक र प्यासले ती पिडितहरु ||
हुनेखाने हरुका घरमा अन्न फाला फाल देख्दा ||

कहिले बन्द कहिले भुकम्प कहिले बाढि पहिरो ||
लाग्छ सतिले नै सरापेको सुनामिको छाल देख्दा ||

धुरु धुरु रुन्छ प्रदेसिको मन नेताको चाल देख्दा ||
भोगोलिक बिभिधताको धनी देशको हाल देख्दा ||

Ram  Chandra  Luitel


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.