काठमाडौँ, ७ चैत - ब्राजिलको साओपाउलो शहरमा एक जहाज उड्ने बित्तिकै दुर्घटना हुँदा कम्तिमा आठजना यात्रुको ज्यान गएको छ।
यो दुर्घटनामा चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनको परिवारका सदस्यसहित सबै आठजनाको घटनास्थलमै ज्यान गएको हो।
अहिलेसम्म यो जहाज दुर्घटनाको कारण खुल्न सकेको छैन। स्थानीय अग्नि नियन्त्रण विभागका प्रवक्ताका अनुसार यो घटना स्थानीय समयअनुसार ३ बजेर २० मिनेटमा भएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार जहाजमा दुई पाइलोटका साथै अन्य ६ यात्रु सवार थिए। यिनमा माइनिङ्ग कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नोली, उनकी पत्नी र दुई छोराछोरी पनि रहेका छन्।
५६ वर्षीय एग्नेली सन् २००० तिर भेल कम्पनीको नेतृत्व गर्थे। उनले आफ्नो मेहनतबाट भेललाई माइन कम्पनीमा सबै भन्दा अग्रस्थनामा पुर्याएका थिए।
सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किन पुगेको थियो। यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन्। एजेन्सी
0 comments
प्रतिक्रिया दिनुहोस्...