-->
बिरामी पछि बालक असामान्य : एकबर्षदेखि बन्धनमा

उदयपुर / उदयपुर जिल्लाको लाफागाउँ ९ का एक बालक एक बर्षदेखि बन्धनमा छन् । स्वतन्त्ररुपले खान, लाउन, खेल्न र पढ्ने उमेरका ८ बर्षिय बालक योगेस राई बन्धनमा रहेका हुन् । ७ बर्षसम्म सामान्य अवस्था रहेको बालक सामान्य ज्वरो र झाडा पखालाको निहुमा मानसिक सन्तुलन गुमाएपछि बच्चाको हरेक ब्यवहार असामान्य बन्दै गएकोले बन्धनमा राख्नु परेको उनका बुवा खिलराज राईले बताए ।
बालकले बढि नै बिगार, बिभ्mयाई गर्ने, कुदेको कुदेकै गर्ने, खान, बोल्न, लगाउन, दिसापिसाव जस्ता कुराको ख्यालै नगर्ने जस्ता असामान्य ब्यवहार गर्ने राईले बताए । सुरुसुरुमा नबाँधी सम्हाल्ने प्रयास गरेपनि नियन्त्रण नै गर्न नसक्ने अवस्था भएपछि बन्धनमा राख्ने गरेको उनले बताए । “छोरालाई बाँधेर राख्नु यो हाम्रो कुनै रहर होइन, बाध्यता हो ।” राईले भन्ने “कत्तिबेला कहाँ के गर्छ, कसको के बिगार गरि दिन्छ की आफै चोट लाग्छ, ठेगान नभएकोले बाध्न बाध्य छौं ।”
उनका अनुसार एकबर्षको अवधिमा परिवारबाट बालकको उपचारमा थुप्रै प्रयासहरु भएपनि बालकको अवस्थामा कुनै सुधार आएको छैन । गतबर्षको बैशाखमा बच्चालाई ज्वरो र झाडापखाला भएपछि स्थानीय स्वस्थ्य संस्थामा उपचार गराए पनि निको हुनुको सट्टा बौलाउने, छटाउने हुन थालेपछि धरान स्थित विपि कोइराला मेमोरियल स्वस्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
धरानले काठमाडौं स्थित मेट्रो क्लिनिकमा रेफर गरेकोमा त्यहाँ पनि ठीक नभएपछि ओम हस्पिटल, सिभिल हस्पिटल हुदै भारतको राँची र सिलगडीको डा. च्याङकोमा समेत पु¥्याएर उपचार गराए पनि बच्चाको अवस्था सुधार नभएको गुनासो राईले गरे ।आफु निम्न स्तरको रहेको र अस्पताल चाहार्दा र उपचार गर्दा ऋणपान गरेरै भएपनि ६ लाख बढि खर्च सकिसकेको राईले बताए । भए सम्मको र सकेसम्मको खर्च छोराको उपचारका लागि गरेपनि राम्रो नभएपछि घर फर्काएर बाँधेरै राख्नु बाध्य भएको उनको भनाई छ । धामी झाक्री समेत गर्दा थुप्रै खर्च हुन पुगेको राईले बताए ।
छोराको उपचारमै दौडधुप गर्दा गरिखाने मेलो समेत गुमाई सकेका राई दम्पत्ति आजभोली भने छोरोलाई घरमा बाँधी काममा जाने गरेका छन् । बालकले बाँधिएर बस्नुपर्दा निकै कष्टपूर्ण जीवन जिइरहेका छन् । बाँधिएरै दिन काट्नु परिरहेको छ ।सकेको खण्डमा छोरोलाई भारतको दिल्लिस्थित राम्रो अस्पतालमा लैजाने सोच भएका राईले खर्चकै अभावमा राम्रो अस्पतालमा छोराको उपचारका लागि लैजान नसकेको बताए । उनले आप्mनो तहबाट गर्न सक्ने सबै गरिसकेको अब कुनै सरकारी, गैरसरकारी निकाय वा ब्यक्तिले सहयोग गरेमा छोरोले नयाँ जीवन पाउने आसा राखेको बताए । उनले आफु गरिब विपन्न भएकाले सहयोगका लागि आग्रह पनि गरे ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.