प्रधानमन्त्रीको भ्रमणमा चीनसँग इन्धनसम्बन्धी सम्झौता हुन्छ : मन्त्री पुन
काठमाडौं, चैत ६ । आपूर्ति मन्त्री गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकाक्रममा इन्धनसम्बन्धी सम्झौता हुने दाबी गरेका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पुनले चीनसँग इन्धन आपूर्तिसम्बन्धी ‘एमओयु’ भइसकेकाले प्रधानमन्त्रीको भ्रमणमा औपचारिकता पाउने बताए ।
कुरा भइसकेकोले सम्झौता हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
उनले चीनबाट इन्धन ल्याउँदा अन्तर्राष्ट्रिय मूल्यअनुसार नै भाउ तय हुने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र व्यापारलगायतका विषयमा सम्झौता हुने उनको भनाइ छ ।
उनले चीनबाट इन्धन ल्याउँदा अन्तर्राष्ट्रिय मूल्यअनुसार नै भाउ तय हुने बताए ।
प्रधानमन्त्रीको चीन भ्रमणमा पारवहन, स्वतन्त्र व्यापारलगायतका विषयमा सम्झौता हुने उनको भनाइ छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...