-->
ख्याल गर्नुहोस तालु खुइलेमा मुटुको रोग हुनसक्छ

हाम्रो शिरमा रहेको कपाल कसैको छिटो खुइलिन्छ भने कसैको उमेर धेरै ढल्कँदा पनि खुईलिएको हुँदैन । तालु खुइलिनु केवल उमेर छिप्पिएको लक्षण मात्र होइन यो हृदयरोगको खतराको चिन्ह पनि हो । 
 
जापानमा गरिएको एक अध्ययनले तालु खुइलिएका मानिसहरुमा मुटु सम्बन्धि रोगको खतरा बढि हुने तथ्य पत्ता लगाएको छ । 

३७ हजार जापानीमा गरिएको अध्ययनले तालु खुइलेहरुमा मुटुरोगको खतरा तालु नखुइलिएकामाभन्दा ३२ प्रतिशत बढि हुन्छ । 
 
युनिभर्सिटी अफ टोकियोका अध्ययनकर्ताहरुका अनुसार तालु खुइलिन थाल्नु मुटुरोगको खतराको घण्टी बज्नु भएकाले तालु खुइलेहरुले स्वस्थ जिवनयापनमा अझ बढि ध्यान दिनुपर्छ । 
 
शोधकर्ताहरुका अनुसार धूमपान तथा मोटोपन मुटुरोगका लागि तालु खुइलिनु भन्दा निकै बढि खतरनाक भएकोले तालु खुइलिएकोमा बढि चिन्ता गर्नुभन्दा धूमपान, मध्यपान तथा मोटोपन नियन्त्रणतर्फ लाग्नु राम्रो हुनेछ । 
 
तालु खुइलिनु र मुटुरोगको खतरा बढ्नुबीचको खास सम्बन्ध अझै पत्ता लाग्न नसकेपनि वैज्ञानिकहरुका अनुसार पुरुष हर्मोनको अति संवेदनशीलता तथा इन्सुलिन प्रतिरोधी तथा रक्तनलीको खराबी जस्ता कारणहरुले मुटु र कपाललाई एकैपटक असर गर्छ । त्यसैले तालु खुइलिनु मुटुमा खराबी हुँदैछ भन्ने कुराको सूचक हो । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.