कुवेतमा मध्यराती सुतेकै ठाँउमा नेपाली महिलाको अकस्मात मृत्यु ।
कुवेत, मार्च २२- कुवेत मध्यराती सुतेको ठाँउमा बुटवलकी पार्वती गुरुङको अकस्मात मृत्यु भएको छ |
बिगत ५ बर्ष देखी कुवेतको स्विडिस कम्पनि मार्फ़त आन्दोलसको पिएमआर(पङ) अस्पतालमा डेली केयरमा काम गर्दै आएकी ४१ बर्षीय गुरुङको आज राती करीब १ बजेतिर फर्वानिया स्थीत आफ्नै कोठामा मृत्यु भएको हो ।
कुनै बीमार नदेखिए पनी अघिल्लो दिनबाट रुघाखोकी लागेको बताएकी पार्वती एक दिन छुट्टी लिएर बसेकी थीइन | दिनको एक बजे खाना खाएर सुतेकी पार्वतीको बिहान ४ बजेपछी हेर्दा मृत्यु भई सकेको सहकर्मीहरुले बताएका छन ।
साथीहरुको सहयोगमा सभा अस्पताल पुर्याइएको भएपनि डाक्टरले मृत्यु भईसकेको बताएको थियो । हाल उनको शबलाई सभा अस्पतालमै राखिएको छ | भने आवश्यक क़ानूनी प्रक्रिया पूरा गरी शबलाइ यथाशीघ्र नेपाल पठाउने बिषयमा कम्पनी सग सहकार्य भईरहेको नेपाली दुताबासका द्दितीय सचिब भोगेन्द्र लिंग्देनले जानकारी दिएका छन | पार्वतीको एक छोरी, एक छोरा र श्रीमान छन | - हाम्रो संचार
0 comments
प्रतिक्रिया दिनुहोस्...