-->
‘बुढा नै घर छैनन् त के को परिवार नियोजन ?’

जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका तीनटै क्षेत्रमा पुगेर परिवार नियोजन शिविर सञ्चालनमा जुटेको छ । हालसम्म उसले सम्पन्न गरेको शिविरको विवरण हेर्ने हो भने परिवार नियोजन गर्नेहरुको सँख्या ह्वात्तै घटेको छ । क्षेत्र नम्बर १ को शान्तिपुरमा सम्पन्न शिविरमा जम्मा १० जना महिलाहरुले मात्र परिवार नियोजन गरेका छन् । सोही क्षेत्रको पुर्तिघाटमा जम्मा २ जनाले मात्र परिवार नियोजन गरेका छन् - See more at: http://purbelinews.com/210#sthash.IZVCSmsP.dpufक्षेत्र नम्बर २ को श्रृङ्गामा जम्मा ६ जनाले परिवार नियोजन गरेको वरिष्ठ जिल्ला जनस्वास्थ्यअधिकृत रामचन्द्र पाठकले वताए यसरी परिवार नियोजन गर्ने महिला पुरुषको सँख्या घट्नुको प्रमुख कारण पुरुषहरु वैदेशिक रोजगारीमा जानु रहेको,अर्को कारण अस्थाई साधन सहज रुपमा पाईने र महिलाहरुले गोप्य रुपमा गर्भपतन गराउन पाउने अधिकार रहेको पाठकले बताएका छन् ।

‘केन्द्रले सय जनाको तार्गेट तोकेको छ,’ वरिष्ठ जनस्वास्थ्यअधिकृत पाठकले भने, ‘अहिलेसम्म जम्मा १८ जनाले परिवार नियोजन गरेका छन् क्षेत्र नम्वर ३ को सिमलटारीमा मंसिर २० गते र क्षेत्र नम्वर २ को तम्घासमा २२ र २३ गते सञ्चालन गरिनेछ ।’ २०६१ सालमा यसै गुल्मीका तीनटै क्षेत्रमा परिवार नियोजन शिविरमा जुटेका त्यस कार्यालयका कर्मचारी कृष्णप्रसाद श्रेष्ठ भन्छन, ‘त्यतिबेला केन्द्रले ६ सय जनाको तार्गेट दिन्थ्यो हामीले ५ सय जनाभन्दा बढीलाई परिवार नियोजन गर्ने गर्दथ्यौं तर अहिले स्थाई बन्ध्याकरण प्रति धेरैले चासो लिन छाडेका छन् ।’ यसरी एकदशक यता परिवार नियोजन गर्नेहरुको संख्या घट्दै जाँदा गतवर्ष जम्मा जिल्लाबाट २० जनाले परिवार नियोजन गरेको त्यस कार्यालयका परिवार नियोजन शाखा प्रमुख कृष्ण पन्थीले बताए ।

उनी पनि बैदेशिक रोजगारमा पुरुषहरुको संख्या बढ्दै जानु, अस्थाई साधान सहज हुँदै जानु र महिलाहरुले गर्भ पतन गर्न पाउने कानुनीअधिकार हुनु नै स्थाई बन्ध्याकरण गर्नेहरु घट्दै जानु प्रमुख कारण रहेको बताउँछन् । वरिष्ठ जनस्वास्थ्यअधिकृत पाठकका अनुसार कर्मचारीहरुको तलवभत्ता सहित एउटा शिविर सञ्चालनमा कम्तीमा पनि ५० हजार खर्च हुने गरेका छन् । शिविरमा सहभागी एक स्वास्थ्यकर्मीले भने, ‘हामीहरुले दिदी परिवार नियोजन गर्ने होईन भनेर सोद्धा धेरैजसोले भने, ‘बुढो नै घर छैनन् त के को परिवार नियोजन ?’ परिवार नियोजनमा कमी आउनुको अर्को कारण दम्पतीविचमा आत्माविश्वासको कमी र जनचेतना समेत नहुनु रहेको छ ।

गुल्मी दिव्रुङ्गको एक दलित परिवारका एउटै दम्पत्तीले मृत्यु भएका सहित १९ सन्तान जन्माएका छन् । त्यस भेगको दलित वस्तीमा ७ देखि १० जनासम्म सन्तान जन्माउनुलाई सामान्य मानिन्छ । त्यस्तै अवैध रुपमा भ्रुण हत्यागर्नेहरु पनि बढेका छन् । यहाँ सम्मकी ५० को नेटो काटेकी पराल्मीगाविसकीएकलमहिलाले समेत अवैध सम्वन्धबाट सन्तानजन्माएर घाँटी निमोठेर हत्या गरेको अभियोगमाहालै पुर्पक्षकालागिकारागार चलानभएकी छिन् । जिल्लाका ग्रामिण भेगका सामन्यऔषधीपसलमा समेत गर्वपतन गराउने औषधी छ्याप्छ्याप्तीपाउने गरेको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.