४७ किमि सडक खोल्न २२ वर्ष, १४ करोड खर्च गरेर खोलिएको सडकमा गाडी गुड्दैनन
झापाको दमकबाट इलामको चुलाचुली हुदै पाँचथरको रविसम्म पुग्ने ४७ किमि सडककको निमार्ण कार्य सुरु भएको २२ वर्ष भयो ।
१४ करोड खर्च गरेर खोलिएको ट्याकमा गाडी गुड्दैनन् । यो सडलाई मेची राजमार्गको बैकल्पिक मार्गको रुपमा लिइएको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
दमक र, रवि सडक झापा, इलाम पाँचथर, र ताप्लेजुङ जोड्ने हअहालको मेची राजमार्ग भन्दा ८० किमी छोटो हुनेछ ।
सडक भिगले २०७१ सम्म निर्माण सम्मपन्न गर्ने लक्ष्य राखेको थियो तर सरकारले प्राथिमिकता राखेर बजेट बिनियोजन नगरेपछि ट्रयाक समेत खुलेन ।
विस्तृत अध्ययन नगरी ट्रया्क खोलिएकाले सो सडकमा गाडी गुडाउन नसकिने एक इन्जिनियरले बताए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...