गुल्मी– नेपालमा राष्ट्रवादी र जनवादी नेताहरु विदेशी शक्तिहरुले देख्न नचाहेको भन्दै एमाओवादीका विद्यार्थी नेताहरुले एमालेका नेता स्वर्गीय मदन भण्डारीलाई जस्तै एमाओवादी अध्यक्ष प्रचडलाई पनि मार्ने षड्यन्त्रका साथ विदेशी शक्तिहरुले ताक्न थालेको दावी गरेका छन् ।
‘जंगबहादुर कसैसँग झुकेनन्, मदन भण्डारी पनि झुकेनन् अहिले प्रचण्ड पनि विदेशी शक्तिहरुसँग नझुकेर संविधान जारी गरेरै छाडे, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रामचन्द्र अधिकारीले सो संगठनको १७ औं गुल्मी जिल्ला सम्मलेनलाई सम्बोधन गर्दै भने–‘अब मदन भण्डारीलाई जस्तै प्रचण्डलाई ताक्दै छन् विदेशी शक्तिहरुले ।’
डा.बावुराम भट्टराईलाई पार्टीले एउटा विद्धान नेताको रुपमा मानिन्थ्यो । तर, उनी विद्धान नभएर विवेकहिन रहेको टिप्पणी गरेका छन् । उनले भने– ‘बाबुराम दशवर्षे जनयुद्धका शहिद, घाइते अपाङ्ग र नेपालको कम्युनिष्ट आन्दोलनकै एउटा गद्दार व्यक्ति हुन् ।’
एमाओवादी अध्यक्ष प्रचण्डले हिम्मत नगरेको भए अहिलेको संविधान जारी हुन नसक्ने भन्दै विद्यार्थी नेता अधिकारीले त्यसको रिसमा प्रचण्डलाई विदेशी शक्ति केन्द्रहरुले मदन भण्डारीलाई जस्तै सिध्याउने योजनामा लागेको आरोप लगाए । ‘यो देशमा विदेशी शक्तिहरुले मदन भण्डारी जस्तो राष्ट्रवादी र जनवादी नेता देख्न सह्यो ? न त प्रचण्ड नै’ । उनले विद्यार्थीहरुलाई सचेत गराउँदै भने – ‘अब तपाईंहरुले आफैं राष्ट्रियताको जड बुझेर राजनीति गर्नुहोस् ।’
कार्यक्रमका विशेष अतिथि एमाओवादी जिल्ला पार्टी सचिव युवराज केसीले हिजोका भुरे टाकुरे व्यक्तिहरु रहेका अन्य राजनैतिक दलमा लागेर श्रमजिवी जनताहरु आफैंले आफैंलाई नठग्न आग्रह गरे ।
0 comments
प्रतिक्रिया दिनुहोस्...