-->
फेसबुकबाट मृगौला पिडीतलाई २ लाख ३० हजार सहयोग ।

काठमाडाैं-दुबै मृगौला खराब भएपछि उपचार खर्च नभएर समस्यामा परेका पाल्पा खस्यौली-३ का गणेश कुवँरलाई फेसबुक अभियानबाट सहयोग रकम जुटेको छ।
नेपलीज ब्रदर्श रुम' नामको फेसबुक ग्रुपमा युवाहरूले कुँवरको सहयोगकालागि अाव्हान गरेका थिए। संकलन भएको २ लाख ३० हजार रूपैयाँको चेक पाल्पाका प्रमुख जिल्ला अधिकारी बाबुराम गौतम मार्फत अभियान्ता युवाहरूले मृगाैला पीडित कुवँरलाई शनिबार हस्तान्तरण गरेका छन्। सो अवसरमा प्रमुख जिल्ला अधिकारी गौतमले सामाजिक र सहयोगी सोँच भएका युवाहरूले सामाजिक संजालको उत्तम उपयोगबाट यस्तो सकारात्मक अभियान चलाएकोमा प्रशन्नता व्यक्त गरे। पीडित कुँवर र रकम संकलन अभियानका सदस्यहरू शिव थापा, बिक्रम कुँवर लगायतले सहयोगी सबैप्रति अाभार व्यक्त गरे। देश बिदेशमा रहेका युवाहरूले कुँवरको उपचार खर्चकालगि रकम संकलन गरेका हुन्। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.