अमेरिकामा ६ म्याग्निट्युडको भूकम्प
अमेरिकाको क्यारेबियन टापुमा अवस्थित एन्टिगुगा र बरबुडा क्षेत्रमा शनिबार ६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।
भूकम्पका कारण सुनामी भने नआउने अमेरिकी भूगर्भविद्हरुले जनाएका छन् । साथै भूकम्पका कारण कुनै मानवीय तथा भौतिक संरचनामा क्षति भएको खबर यो समाचार तयारगर्ने बेलासम्म आइनसकेको अमेरिकाले जनाएको छ ।
ग्रीनविच समय अनुसार ११ बजेर २६ मिनेट जाँदा आएको उक्त भूकम्पीय धक्काको केन्द्रविन्दू सेन्टजोनको राजधानीबाट १ सय ५३ किलोमिटर उत्तरपूर्वमा २४ किलोमिटर गहिराईमा भएको विभागले जनाएको छ । रासस/एएफपी
0 comments
प्रतिक्रिया दिनुहोस्...