-->
नेपालकी अग्ली महिला सिकिस्त बिरामी ,पैसा नहँुदा उपचारमा समस्या ।

नेपालकी अग्ली महिला सिकिस्त बिरामी, पैसा नहुँदा उपचारमा समस्या
काठमाडौं– नेपालकै अग्ली महिला उर्मिला चौधरी सिकिस्त बिरामी परेकी छिन् ब्रेन ट्युमर र सुगरले थलिएकी उर्मिलालाई यहि पौष २० गते राजधानी वीर अस्पतालमा भर्ना गरिएको थियो । उनीको विर अस्पतालको न्युरो ट्रामा एनेक्स वार्डको ३२५ बेडमा ८७ दिनदेखि निरन्तर उपचार भइरहेको छ ।
७ फिट २ इन्च उचाई भएकी उनी देशकै अग्ली महिला हुन् । उनको भन्दा अग्लो कद भएको युवती अहिलेसम्म नेपालमा कही भेट्टाएको छैन ।
सिराहाको ढोर्नामा जन्मिएकी उमिर्लाको ०६७ सालमा टाउकोमा समस्या देखापरेपछि धरानस्थित विपि कोइराला अस्पतालमा अपरेसन गरेर ट्युमर निकालिएको थियो ।एकातिर लामो समयसम्म उपचार गर्नुपर्ने बाध्यता अर्कोतर्फ सुगर रोगका कारण बाँचुञ्जेल औषधि खानु पर्ने भएपछि चौधरी परिवार चिन्तामा छन् । राजधानीजस्तो महँगो ठाँउमा लामोसमयसम्म बसेर ब्रेन ट्युमरको महँगो औषधि किन्नु पर्ने भएपछि आफूहरुले घरखेत बेच्नु पर्ने अवस्था श्रृजना भएको उर्मिलाकी आमा चन्द्रा चौधरीले दुखेसो पोखिन् ।
उपचारको क्रममा उनलाई प्यारालाइसिस समेत देखिएको छ । दुबै खुट्टा नचल्दा उनी वाकरको सहारामा साधारण हिडडुल गर्छिन् ।कक्षा दशसम्म अध्ययन गरेकी चौधरीले आफ्नो स्वाथ्यका कारण पढ्न नपाएको गुनासो पोखिन् । उनले भनिन्, ‘जवान हुँदादेखि नै आफ्नो उपचार गराउन अस्पाताल धाउन प¥यो । अब त बिहे गर्ने उमेर पनि जान लागिसक्य


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.