-->
छोरी आराध्याले के कार्ड दिन जस्ले ऐश्वर्या राय भावुक हुन् पुगिन ?


बलिउड अभिनेत्री ऐश्वर्या राय आफ्नो कामभन्दा बढी छोरी आराध्यालाई महत्त्व दिन्छिन् । आफ्नो व्यस्त तालिकाका बीच पनि उनी आराध्यालाई विद्यालय पुर्याउन र ल्याउन कहिल्यै भुल्दिनन् ।
अभिनेत्री ऐश्वर्या पछिल्लो समय चलचित्र छायांकनको तालिका पनि छोरीको सुविधालाई ध्यानमा राखेर तय गर्छिन् । यसपटक छोरी आराध्यालाई आमाको कति चिन्ता रहेछ भन्ने अनुभूति ऐश्वर्याले गरिन् ।
केही समयदेखि ऐश्वर्याको स्वास्थ्य त्यति राम्रो छैन । त्यसैका कारण उनले आफ्नो सुटिङ भइरहेको चलचित्र ‘सरबजित’को तालिका पर सार्नु पर्यो । आफूलाई धेरै माया गर्ने आमालाई बिसन्चो भएपछि छोरी आराध्याले हालै आफ्नै हातले बनाएको ‘गेट वेल सुन’ लेखेको कार्ड दिइन्; जसलाई देखेर ऐश्वर्या राय निकै भावुक बनिन् ।
उनी भावुक पनि किन नहोऊन् जब कि छोरी आराध्या चार वर्षकी मात्रै छिन् । त्यति सानी छोरीले आफ्नो स्वास्थ्यलाई लिएर देखाएको चिन्ताले ऐश्वर्या निकै भावुक बनेको एजेन्सीहरूले उल्लेख गरेका छन् । ऐश्वर्या उमंग कुमारद्वारा निर्देशित फिल्म ‘सरबजित’मा सरबजीकी बहिनी दलवीर कौरको भूमिकामा छिन् । यो चलचित्र मे १९ मा रिलिज हुनेछ । आज अन्नपूर्ण पोस्टले खबर छापेको छ |


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.