-->
संयुक्त बक्तव्यमा चीन-काठमाडौँ-पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्ग ।

काठमाडौँ । यतिखेर प्रधानमन्त्री केपी शर्मा ओली सहितको जम्बो नेपाली टोलीले चीन भ्रमणका क्रममा छ । आज प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी लि खछ्यांगबीच द्विपक्षीय वार्ता सम्पन्न भएर बेइजिङमा बिभिन्न सम्झौताहरूमा हस्ताक्षर समेत भएको छ ।

यसैबीच नेपाल र चीनबीच पर्सि बुधबार प्रधानमन्त्रीको भ्रमणमा भएका सहमतीलाई लिएर बक्तब्य जारी हुने भएको छ । जसमा मुख्य सम्झौता हुन बाँकी बिषय केरूङ काठमाडौं तथा काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माण, नेपाल चीनबीच ट्रान्समिसन लाइन निर्माण र माथिल्लो अरूण परियोजनाको निर्माण लगायतका विषयहरू संयुक्त बक्तब्यमा आउने बुझिएको छ ।

चिनिया पर्यटकहरुलाई बुद्ध जन्मथलो लुम्बिनीसम्म जोड्न चीनसँग रेलमार्गको सम्झौता भए दुवै देशलाई साझा मुनाफा हुने देखिएको छ । प्राथमिकता साथ चीनबाट पर्यटक भित्र्याउने लक्ष लिएको नेपाललाई यो योजना लागु भए निकै फाइदा हुने विश्लेषकहरु बताउँछन  । यो सम्झौताबारे भने बुधबारमात्र आधिकारिक जानकारी आउनेछ ।

केके सम्झौतामा हस्ताक्षर भए आज ?

नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, दुवै देशमा बैंकको साखा खोल्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण सम्झौता ।

आज चीनमा भएको वार्तामा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत अन्य नेपाली सरकारी अधिकारी र व्यापारिक प्रतिनिधि थिए भने चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ यी सहितको सरकारी प्रतिनिधिमण्डलहरुको सहभागीता रहेको थियो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.