बेइजिङ सम्झौतामा दिल्ली बोल्यो
काठमाडौं – नेपाल–चीनबीच पारबहन सम्झौता भएको २४ घन्टा बित्न नपाउँदै भारतीय विदेश मन्त्रालयले अर्थपूर्ण प्रतिक्रिया दिएको छ । व्यवहारिक विकल्प खोज्न नेपाल खुला रहेको प्रतिक्रिया दिँदै भारतले भनेको छ, ‘तर, नेपाल र भारतको सम्बन्ध अरुको जस्तो होइन ।’ भारतीय विदेश मन्त्रालयका प्रवत्तःा विकास स्वरुपले मंगलबार आयोजित प्रेस ब्रिफिङमा नेपाल र चीनबीच भएको पारवहन तथा यातायात सम्झौताबारे टिप्पणी गरेका हुन् ।
नयाँदिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित झन्डै २२ मिनेट लामो पत्रकार सम्मेलनमा दुई पत्रकारले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र सडक , रेल एवं पारवहन सम्झौताबारे प्रवक्ता स्वरुपलाई प्रश्न सोधेका थिए – चीनसँग नेपालले गरेको समझदारी भारतका लागि चुनौतीपूर्ण हो कि होइन ? ’ प्रश्नको लागि पहिल्यै तयार भएजस्तै स्वरुपले यो विषयमा बोल्न र नेपाल भारतको विशिष्ट सम्बन्ध प्रस्ट पार्न फाइल नै पल्टाए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...