बाबुरामको सफाई अभियान : पहिला राजधानी, त्यसपछि राजनीति ! (फोटोफिचर)
काठमाडौं – नयाँ शक्ति नेपालले काठमाडौं उपत्यकाकेन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ अभियान सुरु गरेको छ । अभियानका संयोजक डा. बाबुराम भट्टराईले पशुपति क्षेत्रमा सरसफाई कार्यक्रमको उद्घाटन र सरसफाईमा सहभागी भई अभियानको थालनी गरेका हुन् ।
पशुपति क्षेत्र सरसफाई गर्न नयाँ शक्ति अभियानताहरु शनिबार बिहानै सो क्षेत्र पुगेका थिए । यो अभियान काठमाडौं उपत्यकामा २४ सातासम्म चल्नेछ ।
विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौं उपत्यकाका सबै क्षेत्रहरुमा सरसफाई अभियान चल्नेछ ।
सोही क्रममा डा. भट्टराई पशुपतिमा रहेको बृद्धाश्रममा पनि पुगेर भालाकुसारी गरेका थिए ।
- See more at: http://www.ratopati.com/photo-news/38215/#sthash.B7cLSYW6.WqNPLESq.dpuf
0 comments
प्रतिक्रिया दिनुहोस्...