-->
मोदीसँग हात मिलाउँदा वेलायती युवराज विलियमको हातमा डाम


नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाउँदा वेलायती युवराज विलियमको हत्केलामा डाम बसेको छ। मोदीले हात निकै कसेपछि युवराज विलियमको हातमा डाम बसेको हो। मोदीले हात कस्दा पीडा भएको भाव युवराज विलियमको तस्विरमा देखिएको छ। मोदीले दु:खाइ दिएको वेलायती युवराजको हातको फोटो सामाजिक सञ्जालमा यतिबेला चर्चाको विषय बनेको छ। 

चीनको सरकार नियन्त्रित पत्रिका पिपुल्स डेलीको आधिकारिक ट्विटर ह्यान्डलले सो फोटो पोष्ट गर्दै लेखेको छ, 'भारतीय प्रधानमन्त्री मोदीको कसिलो ह्यान्डसेक गरेछन्। राजकुमारको हात देख्दा त्यस्तै लाग्छ।'
modi wiliam
भारत भ्रमणमा रहेका वेलायती राजकुमार विलियम तथा राजकुमारी केट मिडल्टनले मोदीसँग तस्विर खिचाएका थिए। सामाजिक सञ्जालमा यो फोटो अहिले भाइरल भएको छ।

राजकुमार विलियम तथा केटलाई मोदीले मंगलबार दिल्लीको हैदरबाद हाउसमा दिवा भोज दिएका थिए। सोही क्रममा यो तस्विर खिचिएको थियो।

फोटोमाथि टिप्पणी गर्दै मोदीले विलियमको हातलाई पीठो बनाएको र मोदीले पकौडा बनाउन लागेको भन्दै टिप्पणी गरेका छन्। वेलायती राजकुमार तथा उनकी पत्नी अप्रिल १० मा भारत भ्रमणमा आएका थिए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.