-->
ताप्लेजुङबाट आयको ताजा खबर

ताप्लेजुङः ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न र खान, बस्नको व्यवस्थापन गर्न समस्या भएको छ ।

दर्शनार्थीको चाप बढेपछि मन्दिरमा पूजा गर्ने व्यवस्थापन मिलाउन कठिनाइ भएको साथै सो क्षेत्रका होटलमा तीर्थालुको व्यवस्थापन गर्न समस्या भएको छ ।

दैनिक स्वदेशी तथा विदेशी गरी सयौँको सङ्ख्यामा पुग्ने दर्शनार्थीलाई मन्दिरमा पूजा गर्न कठिन हुने गरेको पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताए ।
उनका अनुसार व्यवस्थापनका लागि केही दिनका लागि समितिबाट छ जना कर्मचारी खटाइएको भएपनि समय समयमा कठिनाइ हुने गरेको छ ।

शनिबार र मङ्गलबार दैनिक एक हजार ५०० को हाराहारीमा दर्शनार्थी पुग्ने गरेकाले ती दिनमा पूजा गर्न सहजताका लागि व्यवस्थापनमा समस्या हुने गरेको छ ।
यता मन्दिर क्षेत्रमा रहेका होटललाई पनि दर्शनार्थीको चाप बढेपछि खान बस्नको प्रबन्ध मिलाउन निकै कठिन भएको छ ।

पाथिभरा क्षेत्रमा रहेका दुई दर्जनभन्दा बढी होटलमा करिब ३०० देखि ४०० सम्मका लागि मुस्किलले व्यवस्थापन गर्न सकिए पनि दैनिक सोभन्दा बढी सङ्ख्यामा दर्शनार्थी पुगेपछि निकै समस्या भएको हो ।
दर्शनार्थी सिधै पाथीभरा मन्दिरमा जाने भएकाले एकै पटक ठूलो सङ्ख्यालाई व्यवस्थापन गर्न कठिन हुने गरेको हो ।

सदरमुकाम फुङ्लिङ, नजिकैका सुकेटार र देउराली क्षेत्रमा होटल भए पनि बेलुका दर्शनार्थी फेदीमा पुग्ने गरेका छन् र पूजा गरेर फर्कँदा पनि सो क्षेत्रमै बास बस्ने गरेका छन् । यसले गर्दा पनि समस्या भएको हो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.