३० चैत, बुटवल । गुल्मीको पिपलधारा गाउँले एम्बुलेन्स पाएको छ । यो कुनै दता वा संस्थाले दिएको नभई सामाजिक सञ्जालको सही सदुपयोगले प्राप्त भएको हो ।
गाउँका युवाहरुले एक वर्षमै करिब १० लाख पैसा जुटाएर गाउँमा एम्बुलेन्स उपहार पठाएका छन् । पिपलधारा चौतारी गुल्मी नामक फेसबुक पेज खोली त्यसको माध्यमबाट विदेशका विभिन्न मुलुकमा रहेका सय जना भन्दा बढि पिपलधाराका युवाहरु संगठित भई यस्तो उदाहरणीय कार्य गरेका हुन् ।
चार सय जना भन्दा बढि सहयोगदाता जुटाएर साढे दश लाख भन्दा बढी मूल्यको एम्बुलेन्स खरिद गरेर मंगलबार गाउँवासीलाई हस्तान्तरण गरिएको छ । । एम्वुलेन्स गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीले उद्घाटन गरेपछि पिपलधारा स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको छ ।
समारोहमा सञ्जालका स्थानीय समन्व्य समितिका अध्यक्ष बाबुराम जिसीले उक्त स्वास्थ्य चौकीका प्रमुख प्रेम खनालाई एम्बुलेन्सको चावी हस्तान्तरण गर्ने क्रममा स्थानियले पञ्चेवाजामा नाँचगान गरी खुशीयाली मनाएका छन् ।
दुबईबाट फर्केका बाबुराम खड्का आफूले २० हजार रुपैयाँ उक्त कोषका लागि सहयोग गरेर सुरु गरेको सम्भिmन्छन् । भन्छन्, २८ लाख रुपैया उठ्ला भनेर सोचेकोसम्म थिएनौं ।’
भारतमा छँदा अभियन्ताका रुपमा काम गरेका संस्थापक अध्यक्ष बाबुराम थापा, वर्तमान अध्यक्ष कमल जिसीले फोन मार्फत समारोहलाई सम्बोधन गर्दै भने गाउँवासीका सुविधाका लागि यसरी एउटै परिवार जस्तो भएर जुट्न पाएकोमा गर्व लागेको बताएका थिए ।
पिपलधारासहित गुल्मीका उपचार नपाएर जिवन मरणको दोसाँधमा रहेका बिरामीको उपचारमा समेत आर्थिक सहयोग गर्दै आएको बताउँदै अध्यक्ष जिसीले मानव सेवा नै सच्चा धर्म भएको बताए ।
बेलायतबाट सञ्जालका युके संयोजक रविन महतले फोन मार्फत समारोहलाई सम्वोधन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले देशका सवै युवाहरुले पिपलधाराका युवाहरुले गरेको यस्तो उदाहरणीय कामको अनुसारण गर्नुपर्ने सुझाव दिए ।
जनस्वास्थ्य कार्यालका कृृष्णप्रसाद पन्थी, नेपाल रेडक्रस सोसाइटीका जिल्ला उपाध्यक्ष अनन्तराज पौड्याल, जनस्वास्थ कार्यालका श्रीकृष्ण भट्टराई नेपाली कांग्रेसका जिल्ला सदस्य नविन जिसी, यके समाज गुुल्मीका सल्लाहकार चेतनाथ खनाल, नेवि संघका जिल्ला अध्यक्ष सुदर्शन खनाल, पे्रस युनियन रुपन्देहीका सभापति तथा एम्बुलेन्स अभियानका अभियन्ता समेत रहेका विक्रम खड्का लगायतका वक्ताहरुले विदेशमा रहेका पिपलधाराका युवाहरुलाई धन्यवाद दिएका थिए ।
पिपलधारा स्वास्थ्य चौकी ईन्चार्ज प्रेम खनालले एम्बुलेन्स जुटाउनेप्रति कृतज्ञता प्रकट गरे । पिपलधारामा सञ्चालित एम्वुलेन्सले गुल्मीका चारवटा गाविस र छिमेकी जिल्लाका ३ वटा गाविसमा सेवा दिने छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...