-->
दलित बस्तीमा भीषण आगलागी, दर्जनौ घरगोठ जले

सिन्धुलीः सिन्धुलीको भुवनेश्वरी गाविस–९ थाग्रेमा रहेको दलित बस्तीमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो भएको आगलागीबाट दजर्नौ घरगोठ जलेकात्यहाँबाट स्थानीय गौरव कार्कीले जानकारी  दिएका छन् । 
 
आगलागीबाट ३६ वटा बढी घर तथा गोठ जलेर नष्ट भइसकेको जनाइएको छ । जंगलबाट फैलिएर आएको डढेलोका कारण आगलागी भएको र आगो नियन्त्रणका लागी स्थानीयवासी र प्रहरी टोली खटिएको जनाइएको छ । 

हावाहुरी चलिरहेका कारण आगो नियन्त्रणमा लिन सकिएको छैन । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ । अहिले सम्म मानविय क्षति भने नभएको कार्कीले जानकारी दिए ।
 
दिउँसोसम्म आगोले वडा नं. ९ का ११ घरधुरी र वडा नं.७ का झन्डै २५ घरधुरी जलेर नष्ट भइसकेको कार्कीले जानकारी दिएका छन् । 

हावाहुरी चलेका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । भौतिक क्षतिको र मानवीय क्षतिको बास्तविक विवरण भने अइसकेको छैन । 

चाँडै आगो नियन्त्रणमा लिन नसके वितिजोर गाविस तर्फ घरतिर जाने सम्भावना रहेको कार्कीले बताए । 

आगो नियन्त्रणका लागि ठुलो संख्यामा स्थानीयबासी र प्रहरी खटिएका छन् । इप्रका खुर्काेट तथा प्रहरी चौकी ग्वाल्टारबाट प्रहरी परिचालन गरिएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.