-->
भानुआटुमा ६.९ म्याग्निच्यूडको भूकम्प

एजेन्सी: प्रशान्त महासागरीय द्वीप भानुआटुमा बुधबार साँझ ६.९ म्याग्निच्यूडको भूकम्प गएको छ ।
 
यसै साता भानुआटुमा गएको दोस्रो शक्तिशाली भूकम्प गएको हो । आइतबार पनि भानुआटुमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । 
 
बुधबार साँझ गएको भूकम्पपछि त्यहाँको भूकम्प सूचना केन्द्रले सुनामीको चेतावनी दिइएको छैन ।
 
आजको भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिल्लाबाट करिब  चार सय ४२ किलोमिटर उत्तर उत्तरपश्चिममा रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ । 
 
भूकम्पबाट यहाँ मानवीय र भौतिक क्षति भएको सूचना आएको छैन । नेपालमा जस्तै भानुआटु पनि धेरै भूकम्प जाने क्षेत्रमा पर्छ । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.