-->
रत्नपार्कको आम्दानी एकै दिन एक लाख

 नयाँ वर्षको पहिलो दिन बुधबार रत्नपार्कको आम्दानी एक लाख तीन हजार भएको छ। यो अहिलेसम्मकै धेरै हो । 
 
रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार तीन हजार ६०२ सर्वसाधारण र ९० जना विद्यार्थी पार्क अवलोकनका लागि आएका थिए । नयाँ व्यवस्थापन र निःशुल्क इन्टरनेट सुविधा भएका कारण उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन्। 
 
पार्कमा गत वर्ष चैत ५ गतेबाट निःशुल्क इन्टरनेट राखिएको थियो। “अन्य दिन पार्कको सरदर आम्दानी रु २५ हजारसम्म मात्र हुन्थ्यो” केसीले भन्नुभयो । यहाँ विद्यार्थीका लागि रु १५ र अन्य व्यक्तिका लागि  २५ प्रवेश शुल्क तोकिएको छ । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.