धेरै चिसो पानी पिउँदा मुटुको धड्कनमा असर
यो गर्मी मौसममा चिसो पानी पिउन कसलाई मन नपर्ला ? गर्मीको अत्यास भगाउन तिर्खा मेटाउनका लागि फ्रिजमा राखिएको धेरै चिसो पानी पिउने बानी धेरैको हुन्छ ।
तर धेरै चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अति चिसो पानी पिउनुका नकारात्मक प्रभावहरु यस्ता हुन्छन्ः
- धेरै चिसो पानी पिउनाले पाचन प्रक्रियामा असर पर्दछ किनकी धेरै चिसो पानीले गर्दा रक्तनलीहरु खुम्चिन्छन् यसले पाचन क्रियालाई पनि धीमा बनाइदिन्छ । जसबाट खानेकुरा राम्रोसँग पच्दैन र हामीलाई यथेष्ट पोषक तत्व प्राप्त हुन सक्दैन ।
- बरफको पानी वा निकै चिसो पानी पिउनाले हृदयगतिमा पनि प्रभाव पर्दछ । यसले मुटुको धड्कन कम गरिदिन्छ । चिसो पानीले भेगस स्नायुलाई उत्तेजित गराइदिन्छ । यो स्नायु सरीरको अटोमेटिक स्नायु प्रणालीको मुख्य भाग हो जसले सरीरका अकाम्य कृयाहरु नियन्त्रित गर्दछ । यसले हृदय ति कम गर्ने काममा मध्यस्थता गर्दछ । त्यसैले बढि चिसो पानी पिउँदा यो स्नायु उत्तेजित हुने र सोही कारण मुटुको गति कम हुने गर्दछ ।
- सरीरको औषत तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ । तर जब तपाइँ कुनै धेरै चिसो पेय पदार्थ लिनुहुन्छ उक्त सरीरभित्र पुगेको उक्त चिसोलाई तातो पार्नका लागि जिउले केही उर्जा खर्च गर्नुपर्ने हुन्छ । पाचन तथा पोषक तत्वको शोषणका लागि प्रयोग हुने उक्त उर्जा चिसो पदार्थलाई तताउनका लागि खर्च हुन्छ । त्यसैले धेरै चिसो पिउनाले जिउको उर्जा अनावश्यक रुपमा खर्च हुन्छ र सरीरले खानेकुरामा भएका पोषक तत्व सबै प्राप्त गर्न सक्दैन ।
- घाँटीको संक्रमणः धेरै चिसो पानी पिउनाले हाम्रो घाँटीमा पनि असर पर्दछ । यसले घाँटीका मांशपेशी तथा कोशिकाहरुमा असर पार्नुका साथै संक्रमणको खतरा पनि कम हुन्छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...