काठमाडौं, २६ चैत । विश्वका शक्तिशाली राष्ट्रहरु आफ्नो सामरिक शक्ति सञ्चयका लागि चिन्तित् देखिन्छन् । पछिल्लो समय इरानलाई बिर्साउने गरी उत्तर कोरियाको परमाणु परीक्षणका खबर लगातार आइरहेका बेला यस्तै चीनको तयारीबारे पनि सार्वजनिक भएको छ ।
अमेरिकालाई आफ्नो मुख्य प्रतिद्वन्द्वीका रुपमा लिएको चीनले परमाणु प्रतिद्वन्द्वीका रुपमा भारतलाई पछि पार्न नयाँ रणनीति अपनाउने तयारी गरिरहेको रहस्य खुलेको हो । एक शीर्ष अमेरिकी ’थिङ्क ट्यांक’ ले सार्वजनिक गरेको खबर अनुसार परमाणु प्रतिद्वन्द्वीका रुपमा भारतको सामना गर्नका लागि चीनले ’अलग रणनीति’ अपउनाने तयारी गरेको छ ।
परमाणु हतियारमा भारतलाई कुनै पनि हालतमा आफूभन्दा अघि बढ्न नदिने सोच बनाएको चीनले ठूलो परिमाणमा आणविक हतियार विकासको रणनीति तयार पारिररहेको दावी गरिएको छ ।
रुसलाई साथमा लिएको चीनले भारतलाई आणविक हतियारमा पछि पार्न फरक रणनीतिसहित अघि बढिसकेको बताइएको छ । साथै भारतले अमेरिकाको सहयोग लिएर आणविक हतियारको वृद्धि गर्नेतर्फ लागेमा चीनले भारतको तुलनामा ठूलो क्षमताको परमाणु शस्त्र बनाउने रणनीति लिएको हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...