काठमाडौं, २६ चैत, मिस नेपाल –२०१६ को उपाधि अश्मी श्रेष्ठले जितेकी छिन् । १८ प्रतिस्पर्धीलाई उछिन्दै अश्मीले उपाधि जितेकी हुन् । शुक्रबार राति दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा अश्मी मिस नेपाल घोषित भएकी हुन् । । उनलाई सन् २०१५ की मिस नेपाल इभाना मानन्धरले ताज पहिर्याइदिइन् । दी हिडेन ट्रेजरको आयोजनामा भएको २१ औं मिस नेपाल विजेता अश्मीले आगामी मिस वर्ल्डमा सहभागी हुने अवसर पाउनेछिन् । विजेता भएवापत उनले विभिन्न पुरस्कार पनि पाएकी छन् । मिस नेपाल फस्ट रनर अपको उपाधि रोशनी खत्रीले र मिस नेपाल सेकेन्ड अनर अपको उपाधि वर्षा लेखीले जितिन् । अन्य कसले के जिते ? मिस नेपालः अस्मी श्रेष्ठ मिस नेपाल अर्थःरोशनी खत्री मिस नेपाल इन्टरनेशनलःवर्षा लेखी मिस ट्यालेन्टः श्रीजना रेग्मी मिस कन्फिडेन्ट ः रोशनी खत्री मिस पर्सनालिटी ः रोशनी खत्री काठमाडौंबाहिर धरान, विराटनगर, चितवन, बुटवल र पोखरामासमेत अडिसन गरेर अन्तिम प्रतिस्पर्धी छानिएको थियो ।
मिस नेपालको उपाधि अस्मी श्रेष्ठले जितिन्
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...