-->
तातो हावाले तराइको जनजीवन कष्टकर

मध्य तथा पूर्वी तराईमा विगत डेढ सातादेखि चलेको तातो हावाले जनजीवन कष्टकर बनेको छ । 
 
तातो हावा, हुरी र धुलोसँगसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ। तातो हावाहुरीकै कारण मौसमी फल आँप र तरकारी खेती प्रभावित भएको छ। कामदारको दैनिकी कष्टकर बनेको छ। तातो हावाहुरीले धनुषालगायत आसपासका जिल्लामा गर्मी बढ्नाका साथै जनजीवन प्रभावित भएको छ। 
 
लूकै कारण दिउँसो बाहिर हिँड्डुल गर्न गाह्रो भएको छ। एक्कासि मौसम परिवर्तन भई तापक्रम बढ्दा बालबालिका बिरामी हुन थालेका छन्। हावाहुरीले उडाएको धुलाका कारण आँखा दुख्ने समस्या बढेको छ। बजार सुनसान देखिने गरेको छ। 
 
लगातारको तातो हावाले लहरे तरकारी लौका, काँक्रो र करेला सुक्ने थालेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ। पश्चिमबाट आउने तातो हावाले जमिन सुक्खा भएर लहरे तरकारी उत्पादनमा ह्रास आएको छ। हावाहुरीकै कारण आँप, लिच्ची र कटहरमा समेत असर परेको जेटिए अरुण कुशवाहाले बताए।  
 
कुशवाहाका अनुसार पश्चिमबाट चल्ने हावाले आँप र लिच्चीको चिचिला (दाना) झारिदिएको छ। रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.