युवा होईन, अब उत्पादन विदेश पठाउँः उद्योग मन्त्री पाण्डे
लमजुङ–उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मुलुकले अहिलेसम्म युवालाई विदेश पठाउँदै आएकोमा अब उत्पादित वस्तु बिदेश पठाउने र बिदेसिएका युवालाई स्वदेश भित्र्याउने नीति लिनुपर्नेमा जोड दिएका छन्।
हजार विगाह क्षेत्रफलको औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको उनले बताए। लमजुङ, तनहुँ, गोरखा, मनाङ लगायतका जिल्लामा औगोगिक विकासकालागि मस्र्याङ्दीको किनार क्षेत्र र गोरखाको पालुङटार क्षेत्रमा उत्पादनमूलक गतिबिधि सञ्चालन गर्न सकिने बलियो संभावना रहेकाले सरोकारवाला निकायलाई त्यसतर्फ चासो दिन पनि उनले आग्रह गरे। महोत्सव उद्घाटनका अवसरमा जिल्लास्थित सांसदहरु जमिन्द्रमान घले, टुकाभद्र हमाल, नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेल, नेकपा एमालेका अध्यक्ष धनञ्जय दवाडी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पारसमणि पौडेल, राप्रपा अध्यक्ष शंकरराज विष्ट, राप्रपा नेपालका अध्यक्ष बालचन्द्र श्रेष्ठ लगायतले उद्योग विकासमा ठोस योजना निर्माण गर्नुपर्ने बताए।
बुधबारदेखि सुरु महोत्सव बैशाख २ गतेसम्म चल्नेछ। 'हाम्रो नगर, राम्रो शहर, स्वच्छ, सुन्दर र सफा बेसीशहर' भन्ने नाराका साथ लमजुङ उद्योग बाणिज्य संघ बेसीशहर ईकाइले महोत्सवको आयोजना गरेको हो। महोत्सवमा कुल १ सय ६५ स्टल छन्। महोत्सवको आम्दानीले बालबालिकाको हित, बृद्धाश्रम, प्राकृतिक प्रकोपमा राहात लगायतका क्षेत्रमा खर्च गरिने महोत्सव आयोजक समितिका अध्यक्ष कृष्णजङ गुरुङले बताए।
0 comments
प्रतिक्रिया दिनुहोस्...