नागिनी पाउन यसरी भिडे दुई नाग (तस्बिरसहित)
स्वयम्बरका बारेमा तपाईले सुन्नु भएकै होला । भारतमा प्रचलित पौराणिक कहानी अनुसार जहाँ राजकुमारीले आफ्नालागि योग्य दूलाहा चुन्ने गर्दछिन् ।
केरलको कन्नूर जिल्लाको ‘परस्सिनिकदावु स्नेक पार्क’मा दुई भाले किंग कोबरा पोथी कोबरासँग सम्बन्ध बनाउनका लागि आपसी लडिरहेका छन् । संस्थानका निर्देशक ई कुन्हिरमणका अनुसार लोपुन्मख किंग कोबरा प्रजातिलाई जोखाउनका लागि यो कदम उठाइएको हो ।
यो केरला राज्यमा गरिएको पहिलो प्रयास हो । कुन्हिरमणका अनुसार उक्त चिडियाघरमा सर्प तथा किंग कोबराको प्राकृतिक आवास बनाउनका लागि खुल्ला जग्गा छ ।
उनले भने–‘यो परियोजको मुख्य उद्देश्य किंग कोबराको प्रजनन तरिका जान्नका साथै उनीहरुलाई जंगलमा लगेर छोडिदिनका लागि हो ।
पोथी कोबरासँगको सम्बन्धका लागि भाले कोबराले दिनमा रोक्दै रोक्दै लडाई गर्ने गर्दछन् । उक्त दृश्यमा २५ वर्षको बुढो कोबराले हार मान्ने देखिएको छ । किनकी अर्को कोबराको उमेर २० वर्षको छ भने पोथी कोबरा पनि सोही उमेरको छ ।
किंग कोबरा अन्य सर्प नियन्त्रणका लागि सहयोगी हुन्छ । तर, यसकै संख्या दिनप्रतिदिन घटिरहेको छ । उसको खाना नै अन्य सर्पहरु हुने गर्दछन् ।
सर्पका बारेमा रिसर्च गरेका पी गौरीशंकर भन्छन्–किंग कोबराले कसैलाई डस्यो भन्ने घटना एकदमै कम सुनिएका छन् ।’ जसका कारण उनीहरुको प्रजनन अवस्थाका बारेमा बुझ्न मानिसहरुका लागि अफ्ठ्यारो पर्दैन ।
एक पोथी किंग कोबराले एक पटकमा २५ देखि ३० वटासम्म अण्डा पार्दछ । त्यसबाट बच्चा निकाल्नका लागि एक सय दिनको समय लाग्दछ ।
पशु कल्याणका क्षेत्रमा काम गरिरहेको एक परियोजनाले भने कोबरा प्रजनन केन्द्रका लागि गरिएको प्रयासको विरोध गरेको छ । तर, स्नेक पार्कका अधिकारीहरुले भने यो एक प्राकृतिक तरिका भएको र किंग कोबराको कुनै अधिकार हनन् नभएको दाबी गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...