-->
सत्ता खेल देशकै दूर्भाग्य :

वैशाख १, २०७३- एमाले युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले सहमतिमा संविधान कार्यान्वयन गर्न छाडेर सत्ता प्राप्तिको खेल भए देशकै दूर्भाग्य हुने बताएका छन् ।

भक्तपुरको सृजनानगरमा आयोजित नववर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले प्रमुख विपक्षी कांग्रेसको वर्तमान भूमिकाप्रति प्रश्न उठाए । ‘सहमतिमै सत्ता चलाउने, संविधान कार्यान्वयन गर्न एक ठाउमा उभिनुपर्नेमा’, कांग्रेसप्रति लक्ष्य गर्दै बस्नेतले भने–‘प्रमुख विपक्षी नेता सरकाररै ढाल्ने खेलमा देश विदेशतिर ध्यान दिन थालेका छन् । यो मुलुककै लागि दूर्भाग्य हुनेछ ।’

 उनले कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्वमा पुग्नासाथ छिमेकी भारत भ्रमणको तयारी गरेको, देशभित्रै पनि सत्ताकेन्द्रित भई कोठे बैठकहरु चलाउन खोजेको दावी समेत गरेका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण न्यौपाने, दिपक थापा, गोविन्द चौंलागाईलगायतले नयाँ वर्षलाई विकास निर्माणको वर्षको रुपमा अभियान चलाउनुपर्ने सुझाव दिएका थिए ।





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.