-->
अमेरिकी हवाई आक्रमणमा टर्कीज दूतावास ध्वस्त

वासिङ्गटन, अमेरिकी हवाई आक्रमणमा परी इराकी सहर मोसुलमा रहेको टर्कीको दूतावास ध्वस्त भएको छ ।


यसअघि इराक र सिरियामा लडाई गरिरहेका आइएस लडाकू समूहले कब्जामा लिई सञ्चालन गरिरहेको सो राजदूतावास ध्वस्त भएको एक अमेरिकी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभिस्ले गत सोमबार गरिएको यस हवाई आक्रमणको लागि टर्की सरकारको पूरा सहयोग रहेको बताउनु भएको छ ।

उत्तरी इराकको मोसुल सहरमा रहेको टर्कीज राजदूतावास आइएसले नियन्त्रणमा लिएका थिए । सोमबार अमेरिकी सेनाको आक्रमणमा परी सो दूतावास ध्वस्त भएको हो ।

टर्कीको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सो जानकारी दिइएको छ । कब्जामा लिइएको सो दूतावासमा आइएसका उच्च कमाण्डर बसोबास गर्दै आएका थिए ।

यस दूतावासमा स्थानीय समयाअनुसार सोमबार अपराह्न ३ बजे आक्रमण गरिएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । आइएस विरुद्धको कारबाहीमा अन्तर्राष्ट्रिय संयुक्त सेनाको हरेक क्रियाकलापमा सहयोग गर्ने टर्की सेनाले जानकारी दिएको छ ।

सन् २०१४ को जुन महिनामा आइएस आतङ्ककारीहरुले राजदूतावासका कन्सुलरसहित ४९ जना कर्मचारीलाई अपहरण गरी सो दूतावास कब्जा लिएको थियो । रासस÷एएफपी



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.