-->
विश्व प्रसिद्द खेल “रेसलिंङ ” का खेलाडी हरुको तलब कति?


विश्वका लोकप्रिय खेलहरु मध्ये ‘रेसलिङ’ खेलपनि एक हो । दुनियाँका धेरै मानिसहरु रेसलिङ खेललाई चाख मानेर हेर्न गर्छन् । तीनै रेसलिङ खेल्ने रेस्लरहरुले कति कमाउँछन् भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । ती रेस्लरहरु मानिसलाई मनोरञ्जनमात्रै दिने नभई व्यवसायिक ढंगले खेल्ने गर्छन् ।
रेस्लरहरु मासिक तलब बुझेर खेल्छन् । कति कमाउँछन् त रेस्लरहरु उक्त खेलबाट ? आउँनुहोस् यसको बारेमा केही जानकारी लिउँ :
जोन सीना
जोन सीना चोटका कारण मैदानमा देखिएका छैनन् । र उनी सबैभन्दा बढि पैसा कमाउनेमा सबैभन्दा पहिलो नम्बरमा पर्छन् । २०१६ मा जारी गरिएको एक तालिकाका अनुसार उनले wwe बाट ६१.१ करोड रुपैयाँ कमाउने गर्छन् । उनी २०१५ मा पनि टपमै थिए । उनले २०१५ मा रेसलिङबाट ३३.२ करोड रुपैयाँ कमाएका थिए । यो कमाई उनको उपराष्ट्रपतिको कमाई भन्दा धेरै हो ।
ब्राक लेसनर
टप १० मध्ये टप २ मा पर्न सफल उनी अमेरिकी नागरिक हुन् । उनको कमाई ३९.१ करोड रुपैयाँ रहेको छ ।
ट्रिपल एज
उनी पनि अमेरिकी नागरिक हुन् । टप ३ मा पर्न सफल उनको कमाई १८.६ करोड रुपैंया रहेको छ ।
रैडी आर्टन
टप ४ मा पर्नमा पर्न सफल उनी पनि अमेरिकी नागरिक हुन् । उसको यस वर्षको कमाई १८ करोड रहेको छ ।
सेट रालिङ्स
टप १० मध्ये टप ५ मा पर्न सफल उनको कमाई १६ करोड रुपैयाँ रहेको छ । उनीपनि अमेरिकी नागरिक हुन् ।
रोमन रेगन्स
उनको कमाई १४ करोड रहेको छ । उनीपनि अमेरिकी नागरिक हुन् ।
अन्डरटेकर
रेसलिङमा निकै चर्चित नाम हो यो । उनी पनि अमेरिकी नागरिक हुन् । उनको कमाई १४ करोड रहेको छ ।
बिग शो
विग शो पनि अमेरिकी नागरिक हुन् । उनको कमाई एक करोड रहेको छ ।
केन
टप १० मध्ये नवौं नम्बरमा पर्न सफल रेसल हुन् केन , उनको कमाई ९० लाख रहेको छ ।
डिन एम्ब्रोज
टपको दशौं नम्बमा पर्न सफल रेस्लर हुन् डिन एम्ब्रोज उनको कमाई रहेको छ ७५ लाख । उनीपनि अमेरिकी नागरिक हुन् ।
खबर डबली बाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.