-->
रोनाल्डोको ह्याट्रिकमा रियल अघि बढ्यो

काठमाडौंः क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको छ ।
 
घरेलु मैदान सान्टियागो बर्नाबाओमा भएको च्याम्पियन्स लिगको दोस्रो लेगको खेलमा जर्मन क्लब उल्फ्स्बर्गविरुद्ध २–० को नतिजा उल्ट्याउँदै रियलले समग्रमा ३–२ को जीत निकालेको हो । 
 
रियलले कमब्याक गरेको खेलका नायक थिए क्रिस्टियानो रोनाल्डो । उनले उल्फ्स्वर्ग पहिलो लेगमा ब्यहोरोको हार उल्टाउने क्रममा एक मिनेटभित्र दुई गोल गरे । 
 
उनले रियलको आशा जगाउने क्रममा कार्र्भाजलको पासमा खेलको १६ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि उल्फ्सबर्गले बल स्टार्ट गरेको केही सेकेन्डमै फेरि उनैले दोस्रो गोल थप्दै खेललाई बराबरीमा ल्याए । 
 
त्यसपछि रियललाई खेल जित्न एक गोल चाहिएको थियो । रोनाल्डले दुई गोल गर्दै उल्फ्स्बर्गको २–० को अग्रतामात्रै तोडेनन्,  खेललाई बराबरीमा ल्याए । 
 
पहिलो हाफमा लिएको दुई गोलको अग्रता बचाएको रियलका लागि रोनाल्डोले नै दोस्रो हाफमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले खेलको ७७ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो लेगमा ब्यहोरेको २–० को नतिजा उल्ट्याउँदै समग्रमा ३–२ को अग्रता दिलाए । 
 
त्यसपछि दुबै टीमले गोल गर्न नसक्दा रियल बिजयी भयो । अर्कातिर उल्फ्स्बर्गले भने पहिलो लेगमा लिएको अग्रता बचाउन नसक्दा क्वाटर फाइनलबाटै बाहिरियो । 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.