-अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार आइसीबीएम सो इन्जिनको परीक्षण गर्न नेता किम जोंग उन स्वंय उपस्थिति थिए। उत्तर कोरियाले अमेरिकासहित विश्वका धेरै मुलुक आफ्नो देशको मिसाइलको मारक क्षमताको दायरमा आएको दाबी गरेको छ।
यो वर्ष उत्तर कोरियाको परमाणु परीक्षण र लामो दुरीको रकेट लन्च गरेपछि कोरियाली प्रायद्विपमा तनाव निकै बढेको छ। कोरियाली प्रायद्विपमा दुवै प्रतिद्वन्द्वी देशको आरोप प्रत्यारोपकाबीच दक्षिण कोरिया र अमेरिकाले संयुक्त रुपमा ठूलो संख्यामा सैन्य अभ्यास गरेपछि उत्तर कोरिया सशंकित बन्दै आएको छ।
उत्तरले अघिल्लो महिना मात्रे ब्यालेस्टिक मिसाइल माथि लगाइने परमाणु मुखास्त्र विकसित गरेको त्यसपछि व्यालेस्टिक मिसाइलको पुन परीक्षण गर्ने जनाएको थियो। उत्तर कोरियाको सो भनाइ सत्य सावित भए आइसीबीएम कार्यक्रम झन अगाडि बढ्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। उत्तरले गत जनवरीमा आफ्नो चौथो परमाणु परीक्षण गरेको थियो भने फेब्रअरीमा एक उपग्रह प्रक्षेपित गरेको थियो।
उत्तर कोरियाको सो कदमको अन्तर्राष्ट्रिय रुपमा व्यापक आलोचना हुने गरेको छ। अमेरिकाले उत्तर कोरिया विरुद्ध प्रतिबन्ध नै लगाएको छ । उत्तरले जनवरीमा परमाणु परीक्षणमा हाइड्राृेजन बमको सफल परीक्षण गरेको थियो।
0 comments
प्रतिक्रिया दिनुहोस्...