बस दिक्तेलबाट १८ यात्रृ लिएर राजधानीका लागि छुटेको थियो। बीच बाटोमा अन्य यात्रु थप भएकाले दुर्घटनामा हाताहाती भएका यात्रुको संख्या खुल्न नसकेको प्रहरीले जनाएको छ। बस बिहान करिब ८ बजेतिर पल्टिएको हो।
पल्टिएको बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। अहिले मृतकको शव पाखाभरी यत्रतत्र छरिएको अवस्थामा रहेको घटनास्थलबाट गुरुप्रसाद ढकालले बताए। दुर्घटनाका अधिकांश यात्रुको मृत्यु भएको अनुमान गरिएको छ।
घटनास्थलमा छटपटाइ रहेका यात्रुलाई मध्यजनर गर्दै उद्धारका काम भइरहेको ढकालले जनाए। 'जताततै लाश छरिएका छन्, छटपटाइ रहेका यात्रुलाई उद्धार गर्ने काममा मात्र हामी लागीपरेका छौं,' ढकालले भने, 'लाशको गन्ती नै छैन।' अहिले इलाका प्रहरी कार्यालय हलेसी र प्रहरीचौकी अर्खौलेका प्रहरी र स्थानीयबासीले उद्धारका काम गरिरहेका छन्।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सरोज राईलगायतको टोली प्रस्थान गरेको छ। बस दुर्घटनाको कारण खुल्न सकेको छैन। २०६५ साल माघ १ गते पनि बर्खेटारमा जीप पल्टिँदा दर्जनौंको मृत्यु भएको थियो।
खोटाङमा बस दुर्घटना, धेरैको हताहाती भएको अनुमान
खोटाङ- खोटाङबाट काठ्माडौंकालागि छुटेको यात्रुबाहक बस दुर्घटना भएको छ। सदरमुकाम दिक्तेलबाट यात्रु लिएर मंगलबार बिहान ५ जबे छुटेको बा२ख ६३७६ हलेसी र अर्खौलेको सिमामा पर्ने बर्खेटारमा दुर्घटनामा परेको हो।


0 comments
प्रतिक्रिया दिनुहोस्...