-->
इजरायलको लागि केयर गिभरको पहिलो टोली उड्यो

il

काठमाडौं- गत असोजदेखि थालिएको विभिन्न प्रक्रियामा सफल हुँदै आएका केयर गिभरको पहिलो टोलीले शनिबार इजरायल उड्न पाएको छ। निकै लामो प्रक्रियाका कारण जिटुजीबाट इजरायल रोजगारी सफल हुने/नहुने अन्यौल रहेको बेला केयर गिभरको टोली इजरायल उड्न पाएपछि इजरायल जाने आशामा रहेका युवायुवती हर्षित भएका छन्।

थोरै लगानी गरी राम्रो पारिश्रमिक पाइनुका साथै सहज बसाइ र सुरक्षाको राम्रो व्यवस्था मानिएका कारण इजरायलको रोजगारीप्रति कैयन युवायुवतीको आकर्षण बढ्दो छ। गत जेठमा इजरायल र नेपाल सकारका अधिकाकारीबीच केयर गिभरका लागि एक वर्षभित्र तीन सय कामदार लैजाने सहमति भएको थियो। उक्त सहमति अनुसार पहिलो चरणमा ६० जना कामदार लैजान दरखास्त आव्ह्ान गरिएकोमा तीन महिने केयर गिभरको तालिम लिएका फेला नपरेपछि सबै नर्सिङ, सिमए र अनमी अध्ययन गरेका छनोट भएका थिए।

सुरुमा एक महिने केयर गिभरको तालिम लिएकाले प्रतिस्पर्धा गर्न सकिने बताइए पनि पछि त्यस्तो नियमलाई परिमार्जन गरी उम्मेदवारले तीन महिने केयर गिभरको तालिम लिएको या नर्सिङ, सिएमए, अनमी अध्ययन गरेको हुनु पर्ने बनाइएको थियो। वैदेशिक रोजगार विभागका अनुसार पहिलो चरणमा ६० जना सफल भए पनि अन्तिममा ५९ जनालाई मात्र रोजगारीका लागि इजरायल लैजाने निर्णय गरिएको छ।

जस अनुसार शनिबार १४ जना केयर गिभर र एक जना विभागका निर्देशक इजरायल उडे। पुनः इजरायलबाट माग आउनेबित्तिकै अन्य सफल उम्मेदवारलाई पठाइने विभागले जनायो। पहिलो चरणमो लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सबै उम्मेदवार इजरायल गएपछि दोस्रो चरणका लागि दरखास्त आव्ह्ान गरिने बताइएको छ। भिसा, टिकट लगायतको खर्च ६०–७० हजार रुपैयाँ हुने र मासिक पारिश्रमिक एक लाख रुपैयाँ बढी हुने भएकाले इजरायलप्रति ठूलो संख्याका युवायुवतीको आकर्षण छ। केयर गिभरको काम भनेको इजरायलमा वृद्धवृद्धा र बालबालिकाको हेरचाह गर्नु हो। दोस्रो चरणमा प्रतिस्पर्धा गर्न तीन महिने केयर गिभरको तालिम या नर्सिङ, सिएमए तथा अनमी अध्ययन गरेको हुनु पर्ने बताइएको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.