-->
ललीतपुरको मुलडोल सामुदायिक वनमा भिषण आगलागी, १५ हजार हेक्टर जंगलमा आगो फैलियो

ललितपुर, २५ चैत । वज्रवाराही नगरपालिका¬–१२ स्थित मुलडोल सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको सामुदायिक वनमा भिषण आगलागी भएको छ । उक्त आगलागी अपराह्न करिब ४ बजेबाट सुरु भएको समितिका अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । 


आगो नियन्त्रणमा लिनका लागि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरिय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक किसनसिंह थापाले बताउनुभयो । आगो नियन्त्रणमा आउन सकेको छैन् । करिब पैँतालिस हेक्टर क्षेत्रफलको सो वनमा १५ हेक्टर क्षेत्रमा आगो फैलिएको बताइएको छ । 




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.