-->
जलेश्वरमा यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, ४० घाइते ।

महोत्तरी, चैत २९ - सोमबार बिहान जलेश्वरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

दुर्घटनामा परि ४० भन्दा बढी यात्रु घाइते भएका छन् । जनकपुरबाट जलेश्वर जाँदै गरेको ना २ ख ८७५२ नम्बरको बस सोमबार बिहान महोत्तरीको जलेश्वरमा दुर्घटना भएको हो । 

उक्त दुर्घटनामा परी घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । बस दुर्घटना हुनुको कारण भने खुल्न नसकेको जनाइएको छ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.