-->
पानीका लागि रातभर जाग्राम

रामेछाप – दिउँसो पानी नपाइने कारणले जिल्लाको रामपुरका महिला राति हुल बाँधेर गीत गाउँदै ओरालो झर्छ । ‘राति भूत प्रेतको डर हुन्छ,’ रामपुर ५ डाँडाटोलकी सुजाता तामाङले भनिन्, ‘एक्लै हिँड्ने कुरा भएन, जो पहिले उठ्छ, त्यसले अरुलाई बोलाउने अनि, हुल बाँधेर पँधेरामा जाने ।’

हरेक परिवारमा दैनिक सरदर ६ गाग्री पानी चाहिन्छ । परिवार ठूलो भएकालाई त्यतिले पुग्दैन । बस्तु भाउ पनि महिलाहरुले ओसारेको पानीमै निर्भर छन् । डेढ घन्टा टाढाको मूलमा पुग्नु त छँदैछ । निद्रा समेत माया मार्नु परेको छ महिलाले । आजको कान्तिपुर दैनिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.