-->
पन्जाबलाई १ सय ६१ रनपनि कम, गुजरात विजयी

मोहाली (एजेन्सी)-इन्डियन क्रिकेट लिग (आइपिए) को तेस्रो खेलमा सोमबार गुजरात लाइन्सले किड्स ११ पञ्जाबलाई ५ विकेटले हराएको छ । 

बलिड्मा ड्वान बाभ्रो र ब्याटिड्मा एरोन फिन्चको उच्च प्रदर्शनपछि गुजरात जितको हकदार बनोको थियो । १ सय ६२ रनको लक्ष्य पछ्याएको गुजरातले १७.४ ओभरमा ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो ।

गुजरातका एरोन फिन्च ब्याटिड् गर्दै ।
गुजरातका एरोन फिन्च ब्याटिड् गर्दै ।

ओपनर फिन्च र सुरेश रैनाले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गदैै टोलीलाई बलियो सुरुआत दिलाएका थिए । म्यान अफ दि म्याच फिन्चले ४७ बलमा १२ चौकाका साथ ७४ रन बनाएका थिए ।

उनीपछि टोलीका लागि दिनेश कार्तिकको प्रदर्शन सम्झनायोग्य रह्यो । उनले २६ बलमा ७ चौकाका साथ नकआउट ४१ रन बनाए । अन्तर्राष्ट्यि क्रिकेटबाट सन्यास लिइसकेका ब्रेन्डन म्याकलमले खाता खोल्न नसकेको खेलमा रैनाले ९ बलमा १ चौकासहित २० रन बनाएका थिए । टोीका लागि इशान किसनाले ११ र बाभ्रोले नकआउट २ रन बनाए ।

पन्जाबका सन्दीप शर्मा, मिचेल जोन्सन, मार्कुस स्टोनिस र प्रदीप साहुले समान १ विकेट लिए् ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पनि ब्याटिड्को निम्ता पाएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । टोलीका लागि ओपनरद्धय मुरली विजय र मनन बोराले राम्रो प्रदर्शन गरेपनि टोलीले पहिलो खेलमै हार बेहोर्नुपर्यो । विजय र बोराले पहिलो विकेटका लागि ७८ रनको साझेदारी गरेका थिए ।

विजयले ३४ बलमा ४२ र बोराले २३ बलमा ३८ रन बनाए । विजयले ५ चौका र १ छक्का तथा बोराले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै स्टोनिसले २२ बलमा ४ चौकासहित ३३ रन, ऋद्दिमान शाहले २० र डेभिड मिलरले १५ रन बनाए ।

गुजरातका ब्राभोले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.