-->
विश्वकै लामो र बढी तौल भएको अजिंगर मलेशियामा फेला, गिनीजमा दर्ता गर्ने तयारी

एजेन्सी । ८ मिटर लामो अजिंगर सडकमा देख्दा कस्को सातो नउड्ला ? त्यस्तै भएको छ मलेशीयामा । मलेशीयाको एक निर्माणाधीन फ्लाईओवरमा केहीदिन अघि भेटीएको यो अजिंगरले सुरुमा देख्नेहरुको सातो नै लियो ।

गार्जियनु अनलाईनका अनुसार यदि यउो समाचार सत्य भएको खण्डमा यो अजिंगर र अजिंगरलाई समात्नेहरुको नम गिनीज बुक अफ वर्ल्ड रेर्कडमा दर्ता हुनेछ । यो अजिंगरको शरीर जालीदार बुट्टा युक्त छ । जुन देख्दा नै निक्कै आर्कषक लाग्छ । जस्को तौल मात्रै २५० केजी छ ।

जसलाई मलेशियामा ओवर ब्रिज बनाइरहेका कर्मचारिहरुले देखेको आधा घण्टाको समयमा निक्कै सकस र संर्घाषका साथ समाउन सफल भएको गार्जीयनले उल्लेख गरेको छ । अहिलेसम्म अमेरिकाको मिसौरीमा ७ दशमलव ६७ मीटर र १५८ किलो ८ सय ग्राम तौल भएको अजिंगरको नाम गिनीज़ बुकमा लेखिएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.