काठमाडौं, ७ जेठ । नेपाल हुँदै भारत र चीनबीच स्थलसम्पर्क भए प्रमुख दुई छिमेकीका प्रमुख सहरबीचको दुरी दुई तिहाइसम्म घट्ने विज्ञले औँल्याएका छन् ।
राजधानीमा बिहीबार सुरु चीन नेपाल भारत सम्बन्धको प्रमुख विशेषता र नेपालका लागि नयाँ विकास रणनीति अन्तर्राष्ट्रिय सम्मेलनमा धारणा राख्दै उनीहरुले नेपाल हुँदै भारत चीन स्थलमार्ग निर्क छोटो हुने बताएका हुन् ।
सिंगापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटिका एसोसिएट प्रोफेसर प्रद्युम्नविक्रम राणाले कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रमा दिल्लीबाट नेपाल हुँदै चीनको कुम्निङसम्म सिधा दुरी २ हजार ८ सय ८७ किमी चोङचिङसम्म ३ हजार १ सय ५१ र चेदुङसम्म २ हजार ९ सय ११ किमी मात्र हुन्छ ।
अहिले यी दुबै स्थानबीच हङकङ हुँदै जल तथा स्थलमार्गबाट सम्पर्क स्थापित छ । यसरी दिल्ली कुन्मीङ दुरी १० हजार ३ सय ४५ रहेको नागरिक दैनिकमा समाचार छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...