-->
राष्ट्रपति भण्डारीद्वारा कपिलवस्तुको तिलौराकोट अवलोकन

गोपाल भण्डारी/उज्यालो । कपिलवस्तु, जेठ ७ – २५६० औँ राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुको प्राचिन तिलौराकोट दरबारको अवलोकन गर्नुभएको ।
शुक्रबार दिउँसो काठमाडौंबाट हेलिकोप्टरमा आउनु भएकी राष्ट्रपति भण्डारी तिलौराकोट दरबार क्षेत्रको उत्खनन् भइरहेको स्थलको अवलोकन गर्नुभएको हो । दिउँसो १ बजे छोरीसहित तिलौराकोट पुगेकी राष्ट्रपति भण्डारीले बुद्धका पिता राजा शुद्धोधनको राजकीय दरबारको भग्नावशेष, बुद्धले गृह त्याग गरेको पूर्वी द्वार, दरबार क्षेत्रको पश्चिमी द्वारको अवलोकन गर्नुभयो ।
राष्ट्रपति भण्डारीलाई पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले प्राचिन कपिलवस्तुको बौद्धकालीन पुरातात्विक इतिहास र तिलौराकोट दरबार क्षेत्रको उत्खननका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा राष्ट्रपति भण्डारीले तिलौराकोट दरबार क्षेत्रको गेट बाहिर बसेका नागरिकसँग भेट गरी सर्वसाधारणको वस्तुस्थिति बारे जानकारी लिनुभयो ।
राष्ट्रपतिको स्वागतका लागि सभासद बलराम अधिकारी र अतहर कमाल तथा प्रमुख जिल्ला अधिकारी ईन्दु घिमिरेको नेतृत्वमा जिल्लाका सरकारी कार्यालयका प्रमुख र सुरक्षा निकायका प्रमुख उपस्थित भएका थिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.